गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को नाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत  नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ छ।

Leave a Reply