म्याग्दीको मंगला गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय रहेका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ। गाउँपालिमा कृषि र पशुपालनमा आर्कषित गर्ने गरी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । गाउँपालिकामा कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित कृषि र पशुपंक्षी पालनमा सक्रिय रहेका कृषकमध्येबाट उत्कृष्ट ५ जनालाई नगद १० हजार सहित जिन्सी सामान समेत वितरण गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाँले बताउनुभयो ।

गाउँपालिकाले अनुदानका लागि सार्वजनिक गरेको सूचनामा १५ जनाले आवेदन दिएकोमा मंगला–१ का यामबहादुर बुढाथोकी, वडा नं २ थमप्रसाद पौडेल, वडा नं ३ नरिलाल कामी, वडा नं ४ क्षेत्रबहादुर रोका, वडा नं ५ धनबहादुर रोकालाई प्र्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

प्रोत्साहन रकम हस्तान्तरण गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण सहित नगद प्रोत्साहनको नीतिलाई प्राथमिकता दिएको बताउनुभयो । निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित आगामी दिनमा कृषकलाई परिचयपत्र, बास्तविक कृषकलाई अनुदानमा प्राथमिकता दिने बताउनुभयो ।

गाउँपालिका भित्रका ५ वटै वडामा रहेका कृषकलाई माटो सुहाउँदो उत्पादनमा प्रोत्साहन सहित अनुदान र तालिममार्फत समेत सीप हस्तान्तरण गरिने जनाइएको छ । कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष पेमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेल, अधिकृत कुलप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply