म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँका इश्वर न्यौपाने विहान पढ्न जान्छन् र दिउँसो जागिर गर्छन् । प्रकाश माविमा कक्षा ११ मा अध्ययनरत न्यौपाने नमस्ते ट्रेड-२ अस्पतालचोकमा काम गर्छन् । विपन्न परिवारका इश्वरको कमाइले घरखर्च चल्छ । इश्वरका आमा बिरामी, बुबा बृद्ध छन् ।

परिवारको कान्छो छोरा इश्वरले कलिलै उमेरमा परिवारको जिम्मेबारी सम्हालेका छन् । विहानदेखि साँझसम्म ब्यस्त हुने इश्वरले नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा १५ सय र ३ हजार मिटर छात्र दौडमा स्वर्णपदक जिते । पदक जितेर काम गर्ने ठाउँमा फर्किदा इश्वरलाई भब्य स्वागत समेत भयो । नमस्ते ट्रेड–२ का सञ्चालक इश्वर आचार्य र गिता आचार्य सहित सम्पूर्ण कर्मचारीले पुष्पगुच्छाले स्वागत समेत गरे ।

पढाइ, जागिर र बिरामी आमाबुबाको हेरचाहसँगै खेलकुदमा समय दिएका इश्वर फुर्सदको समयमा खेलकुद गतिविधिमा समेत सहभागी हुने गरेका इश्वरले पदकको खुसी घरमा बुबा डिल्लीराम र आमा बिनालाई सुनाउँदा बुबाआमा दुबैको बोली रोकियो ।

गरिबीको रेखामुनीबाट हुर्किएका इश्वरले पदकसँगै आफ्नो मेहनत र इमान्दारितालाई समेत झल्काइरहेका छन् ।ट्रयाकमा पसिना बगाउदै दौडिरहेको अवस्थामा समेत इश्वरले आयोजक, विद्यालय र दर्शकको मन जितेका थिए । ‘स्वर्ण जितेर गर्वका साथ उभिरहेको निश्चित समयसम्म मात्रै हो, मेरो संघर्षशील दैनिकीले नै यो सफलता हात परेको हो’ इश्वरले भने ।

Adv

ट्रयाक एण्ड फिल्डमा जितेका इश्वरले गरिबीलाई समेत जित्दै चम्किलो यात्राको लक्ष्यमा छन् ।‘मलाई मेरो धरातल कहिल्यै बिर्सन दिदैन, पढाइ, जागिर र खेलकुदलाई सँगै लैजान्छु’ इश्वरले भने ।

खेलप्रतिको कलिलै उमेर देखि रुची रहेको उनलाई अभ्यास गर्ने र पढ्ने वातावरण मिलेकाले यो नतिजा ल्याउन सफल भए। उनले आगामी दिनमा एथलेटिक्स विधा अन्तरगका विभिन्न विधालाई समेत ध्यान दिएर अभ्यास गर्ने तयारीमा छन् । राष्ट्रिय जनजागितृ मावि पूर्णगाउँबाट एसइई दिएर बेनी आएका इश्वरले अब उच्च शिक्षासँगै एथलेटिक्स विधाबाट प्रदेश र राष्ट्रियस्तरको खेलमा सहभागी हुने लक्ष्य रहेको बताए ।

Adv

Leave a Reply