म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था २३ औँ स्थापना दिवसको अवसरमा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ सहितको टोलीले सहकारीको सामाजिक उत्तरदाहित्व अन्तरगत भुकम्पबाट पिडितहरुका राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको काठमाडौंमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत सहयोग २५ हजार ५५५ रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक सज्जन शाक्यले बताए ।

हरेक वर्ष संस्थाको स्थापना दिवस परोपकारी कार्य गरेर मनाउँदै आएको सहकारीले यस वर्ष पनि सहयोग तथा अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

बेनी बचतले स्थापना दिवसको अवसरमा म्याग्दीका विभिन्न संघसंस्थालाई सहयोग गर्ने गरेकोमा यसबर्ष भूकम्प पिडितलाई सहयोग पठाइएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, पुर्व सञ्चालक र सञ्चालकको उपस्थिती रहेको थियो ।

Leave a Reply