कुवेतमा मानसिक र शारीरिक यातना भोगेर फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी हिराकुमारी चोखालका छोराछोरीलाई दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लि बेनीले न्यानो कपडा वितरण गरेको छ ।

आइतबार सहकारीको सभाहलमा आयोजित कार्यक्रममा सहकारीमा स्थापना गरिएको तेजकुमारी गैरे (रुविना) स्मृति कोषबाट हिराकुमारीका छोराछोरीलाई ५५ सय बराबरको न्यानो कपडा स्व. रुविनाको दाजु जगत गैरेले हस्तान्तरण गनुर््भएको थियो ।

सहयोग प्रदान गर्दै गैरेले कलिलै उमेर संसार त्यागेर गएकी बहिनीको सम्झनामा स्थापना गरिएको कोषबाट उक्त सहयोग प्रदान गरिएको बताउनुभयो । कोषको व्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई सहयोग गरिदै आएको छ ।

कार्यक्रमका सहभागीहरुले मैनबत्ती बालेर स्व. रविना गैरेको सम्झनामा मौनधारण समेत गरिएको थियो । सहकारीका शेयर सदस्य गैरेको २०७३ मंसिर १९ गते अल्पायुमै अकल्पनीय निधन भएको थियो ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष सापकोटाले सहकारीका शेयर सदस्य स्व. रुविनाको स्मृति दिवसको अवसर समेत पारेर कोषबाट सहयोग प्रदान गरिएको बताउनुभयो ।

‘उहाँको शरिर हामी माझ नभएपनि सम्झनामा सधैभरि रहिरहनुहुन्छ, मृत्यु पश्चात पनि पूण्य कार्य गरि उहाँको आत्मालाई शान्ति दिलाउने गरि हामीले मानवीय सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छौँ’, अध्यक्ष सापकोटाले भन्नुभयो ।

दिदीबहिनी सहकारीले म्याग्दी जिल्लामा सहकारी अभियानमै पहिलोपटक मुष्ठिदान अभियानमार्फत विपन्न, उपचारमा समस्या भएका, हिंसा पीडित तथा विभिन्न समस्यामा परेका महिलाहरुलाई सहयोग गर्ने गरेको छ ।

सोही अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा सहकारीले लोकप्रिय कार्यक्रम मुष्ठिदान वितरण कार्यक्रमबाट पर्वत बेनीमा बस्ने विपन्न फुलमायाँ विकलाई ५ हजार ५५५ बराबरको खाद्यान्न साम्रागी प्रदान गरिएको संस्थाकी सचिव जगतकुमारी खत्रीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष जमुना आचार्य लगायत सहकारीका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो । सहकारीकी अध्यक्षसापकोटाको अध्यक्षता, उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत र सचिव जगत कुमारी खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply