धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन भएपछि यो रुटमा यात्रा गर्दा पोखरा स्याङजा–वालिकबाट भन्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुन्छ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको छ ।

पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।  रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतबाट ब्यवसायीक तथा विभिन्न कामको सिलसिलामा पोखरा स्याङजा–वालिक,मुग्लीङ, चितवन हुदै जाने गरिएकोमा अब कालीगण्डकी लोकमार्गबाट सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी न्यूज अनलाईनको सहयोगमा

Leave a Reply