बडा दशैं मेलाको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका-१,बाँदुकमा खेलमैदान र फाईबर बोर्डको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

स्थानीय कृष्ण आधारभुत विद्यालयमा निर्मित खेलमैदानको स्तरोन्नति र मर्मत र बास्केटबलको फाईबर बोर्डको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य हरि भण्डारी, निर्वतमान प्रदेशसभा सदस्य विनोद केसी र सिंगापुर प्रहरीमा कार्यरत मिथुन शेरपुञ्जाले उद्घाटन गर्नुभयो ।

बाँदुक भूमे यूवा क्लवद्धारा आयोजित वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिताको अवसरमा तत्कालिन समयमा रामबहादुर तिलिजा र राजेन्द्र तिलिजाद्धारा निर्मित खेलमैदानको निर्वतमान सांसद विनोद केसीको पहलमा १० लाख विनियोजन गरी गरिएको मर्मतसम्भार र स्थानीयले चार लाख २६ हजार सहयोग जुटाएर बास्केटबलको फाईबर बोर्ड राखेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य गर्बुजाले निर्वाचतमा समुदायमा गरेको प्रतिबद्धतालाई आफ्नो कार्यकलामा पूरा गरेर छोड्ने बताउनुभयो ।

‘गठबन्धनकै सरकार भएकाले तीनै तहको सरकारबाट देखिने गरी काम गदैंछौ,‘चुनावी प्रतिबद्धतालाई बिर्सिएको छैन,‘ठुला विकासका योजनाहरूमा स्रोत सुनिश्चितता भएको छ’ सांसद गर्बुजाले भन्नुभयो । गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले विद्युत, सडक र अन्य योजनाहरूमा विगतभन्दा धेरै बजेट जिल्लामा भित्रिएको बताउनुभयो ।

‘विद्युतमा २० करोड आएको छ, कृषि, पर्यटनको क्षेत्रमा पनि बजेटको प्राथमिकतामा परेको छ’ सांसद भण्डारीले भन्नुभयो। खेलमैदान र भाईबर बोर्ड उद्घाटन कार्यक्रममा निर्वतमान सांंसद केसीले आफ्नो कार्यकालमा प्राप्त बजेटलाई प्राथमिकताका आधारमा विनियोजन गरेको बताउनुभयो ।

सोही अवसरमा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बाँदुकको सडक स्तरउन्नती, कृषि र स्वर्र्गीय तुलबहादुर पुन भिसीको संग्रालयको काम अगाडी बढ्ने बताउनुभयो ।

बाँदुक जोड्ने सडकलाई बाह्ै महिना सञ्चालनका लागि संघीय र प्रदेश सरकार समक्ष बजेट समेत माग गरिएको अध्यक्ष भण्डारीको भनाई थियो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, बाँदुक भूमे यूवा क्लवका अध्यक्ष कृष्ण गर्बुजा, क्लव सल्लाहकार कृष्ण पूर्जा लगायतले मन्तब्य राख्नु्भएको थियो ।

कार्यक्रमको अवसरमा म्याग्दी जिल्लामा सामाजिक एवम् मानवीय सेवामा योगदान पुर्याउने बेनी अनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतम र पत्रकारितमार्फत पर्यटन क्षेत्रमा योगदान दिने पत्रकार गणेश गुरुङ सु्रेनलाई तुलबहादुर पुन भिसी फाउण्डेशनद्धारा नगद १५ हजार र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भीसी) पाउने तुलबहादुर पुन तिलिजाको योगदानको समेत चर्चा भएको थियो ।

कार्यक्रमको अध्यक्षता वडा सदस्य भक्त बहादुर शेरपुञ्जा, स्वागत खेलकुद तथा सांंस्कृतिक संयोजक लक्षमण शेरप्ुञ्जा र सञ्चालन लक्षमण पूर्जा, लिल प्रसाद शेरपुञ्जा, लोकेश गर्बुजा र नगेन्द्र गर्बुजाले गर्नुभएको थियो ।

यसैबीच शुक्रबार नै रघुगंगा–१ तिप्ल्याङमा रहेको कालिका माविको शैक्षिक गतिविधिका बारेमा जानकारीसँगै प्रतिनिधिसभा सदस्य गर्बुजालाई स्थानीयत्रबासीले स्वागत तथा सम्मान गदैं स्वर्र्गीय तुलबहादुर भिसी तिलिजाको समाधीस्थलमा पुगेरर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

Leave a Reply