म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ भगवतीको धुपिचौरमा एक स्थानीयको घरमा आगलागी भएको छ । सोमबार राती विद्युतको तार सट हुदाँ स्थानीय शम्सेर परियारको घरमा सोमबार राती आगलागी भएको वडा अध्यक्ष अमृत भण्डारीले बताए ।

उनका अनुसार आगलागीबाट घर भित्र रहेका सरसामान र लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको छ । जनप्रतिनिधि सहित स्थानीयबासी, प्रहरी चौकीबाट खटिएको टोलीले आगोलागी नियन्त्रणको प्रयास गरेपनि सफल नभएपछि घर पूर्णरुपमा नष्ट भएको जनाइएको छ । आगलागीबाट मानविय क्षती नभएको भगवती प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट विस्थापित परियार परिवारलाई पुर्नबास सहितको अभियान अगाडी बढाउने वडा कार्यालयले बताएको छ । आर्थिक अवस्था कमजोर भएका परियारको परिवारलाई तत्काल अस्थायी बसोबासको ब्यवस्था मिलाउने र स्थानीय तह, वडा कार्यालय सहित अन्य संघसंस्थाबाट समेत सहयोग जुटाएर सहयोग हस्तान्तरण गरिने जनाइएको छ ।

Leave a Reply