म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको उपाध्यक्ष पदमा यूकेबाट किसान जिसीले उम्मेदवारी दर्ता गरेका छन् । यूकेमा सफल नेपाली ब्यवसायी जिसी आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा उपाध्यक्ष पदमा मंगलबार मनोनयन दर्ता गराएका हुन् ।

जिसीलाई मोना यूकेले उपाध्यक्ष पदका लागि अगाडी सारेको छ । मोना यूकेको सह–कोषाध्यक्ष, कोषाध्यक्ष, मोना यूके बेनी नगरपालिका सचिव, मोना आइइसीको महिला तथा बालबालिका कोषको संयोजकको जिम्मेबारी समेत सम्हालिसकेका जिसीले यूकेबाट उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेको बताए ।

जिसीलाई अजय कुँवरले प्रस्ताव र रमेश पौडेलले समर्थन गरेका छन् । विश्वभर रहेका म्याग्देलीलाई मोनाको छातामा आवद्ध गर्न सकेमा मात्रै संस्थाको अभियान सफल हुने भन्दै विगतका असल अभ्यासलाई निरन्तरता दिदैं कमजोरी सच्चाएर मोनाको अभियानलाई उचाईमा पुर्याउनुपर्ने बताए ।

उनले मोनामा प्रवासमा रहेका नयाँ पुस्ताको आर्कषण जगाउने र पूरानो पुस्ताको अनुभवलाई समेत समेट्नुपर्ने बताए । सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गदैं आएका जिसी यूकेमा रहेका नेपाली संस्थामा समेत आबद्ध भएर नेपालीको हकहितमा काम गरिरहेका छन ।

जिसी साउथ वेष्ट नेपाली समाज यूकेको बरिष्ठ उपाध्यक्ष,सयपत्री सांस्कृतिक कल्चरल गुप्रको कोषाध्यक्ष, हाल संरक्षक समेत हुन् । उनले मोनाको गरिमा बढाउने गरी उम्मेदवारी दर्ता गरेकाले विश्वभरबाट आउने प्रतिनिधिलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

Leave a Reply