मंगला गाउँपालिकाको मंगला मावि र महेन्द्ररत्न माविमा आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको इकाई समिति गठन भएको छ ।

महेन्द्ररत्न माविमा तारा रोकाको अध्यक्षतामा १८ र मंगला माविमा अर्जुन विकको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको हो । अनेरास्ववीयु क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको उपस्थितिमा विद्यार्थीहरुको इकाई भेला भएको थियो । अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीले संगठन विस्तार र सुदृढीकरण अभियान अन्तरगत विद्यालय तथा क्याम्पसमा अभियान चलाएको छ ।

Leave a Reply