संसारभरी छरिएका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने भएको छ ।

मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशनका लागि विश्वभर रहेका करिब ५ सयभन्दा धेरै प्रतिनिधिहरु आउने भएका छन्। मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको मोनाका सचिव सुवोध बरुवालले बताए ।

उनका अनुसार महाधिवेशनमा शाखाबाट सहभागी प्रतितिनिधहरूबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने छ ।महाधिवेशनका लागि आवश्यक तयारी सुरू भएको सचिव बरुवालले बताए । ‘विविध सांस्कृति तथा खेलकुद कार्यक्रम आयोजना गरिएको छ,‘प्रारम्भीक तयारीमा जुटेका छौ’ सचिव बरुवालले भने ।

उनले महाधिवेशनको अवसरमा म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरूसँग सम्भावना र विविध विषयमा छलफल हुने बताए । यसैबीच असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ । म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशः एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।

यस प्रतियोगितामा बि.स२०५७ सालपछि जन्मिएका खेलाडीमात्र सहभागि हुने पाउने खेलकुद संयोजक एवम् मोनाका उपाध्यक्ष जंगबहादुर पुनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने छ ।

मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले मोनाको महाधिवेशनलाई सभ्य र भब्य बनाउने गरी तयारीमा जुटेको बताए । उनले महाधिवेशनमा म्याग्दीलाई चिनाउने आवश्यक कार्यक्रमहरू समेत थप्ने बताए । महाधिवेशनको अवसरमा मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ ।

Leave a Reply