क्यान्सर पीडित बेनी नगरपालिका–६ खैरेनीकी दुर्गा किसानको मृत्यु भएपछि छोराको बिचल्ली भएको छ । एकबर्ष अगाडी उपचारको क्रममा सार्कीको मृत्युभएपछि एकमात्रै छोरा ७ बर्षिय सन्दिप किसान विद्यालय समेत जान छोडेका छन् ।

हेरचाह तथा स्याहारसुसार गर्ने बुबा नै मदिरामा लठ्ठ भएर मजदुरीमा जाँदा सन्दिपले पेटभरी समेत खान पाउँदैनन् । बुबासँगै विहानै घरबाट निस्किने सन्दिप विद्यालय नपुगेको महिनौं भयो ।बुबासँगै मजदुरीमा जाने, दिनभरी घुम्ने र घर फर्किने गरेका सन्दिपले राती समेत भोकभोकै सुत्नुपर्छ ।

आमाको उपचारको क्रममा बेनी अस्पताल, भरतपुर क्यान्सर अस्पतालम लगायतका अस्पतालमा विताएका सन्दिपले उपचारकै क्रममा आमाको मृत्युभएपछि झनै कष्टकर जिवन विताइरहेका छन् ।

‘उनीहरूको आर्थिक अवस्था पनि कहालीलाग्दो छ,‘मजदुरीमा जाने बुबासँगै हिड्दा पढाइ छुटेको छ’ बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले भनिन् । उनले नियमित विद्यालय जाने वातावरण बनाउने प्रयास गरेपनि घरमा सहयोग गर्ने कोही नहुदाँ समस्या भएको बताईन् ।

‘निःशुल्क शिक्षा, पालनपोषणलगायतको व्यवस्था आवश्यक छ,‘सन्दिपका बुबाले समेत आफुँले पाल्न नसक्ने भन्दै सहयोगको याचना गरेका छन्’ उपमेयर लामिछानेले भनिन् । यता सन्दिपका बुबा चन्द्रबहादुरले छोराको शिक्षादीक्षामा सहयोग गर्नेलाई जिम्मा दिने बताए ।

‘छोरो सानै छ, मेरो कमाई छैन,घरको सबै भाग चुहीने भएर भत्कीन लागेको छ’चन्द्रबहादुरले भने । उनले घरमा खाने केही नभएपछि एक छाक जुटाउनै अहिले समस्या भईरहेको बताए । श्रीमतिको मृत्युपछि छोरालाई विद्यालय पठाउन समेत नसकेको बताए ।

थप जानकारी बेनी नगरपालिका उपमेयर ज्योती लामिछाने ९८५७६४७०७२

 

Leave a Reply