म्याग्दी प्रवासी नेपाली संघ मोना बहराइनको १३ औं महाधिवेशनबाट विकाश पाईजाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बहराइनमा रहेका म्याग्देलीको साझा संस्थाको वरिष्ठ उपाध्यक्ष महिला बिष्णु रकाल, वरिष्ठ उपाध्यक्ष गम शेरचन,उपाध्यक्ष हेम बहादुर केसी, उपाध्यक्ष ज्ञान पुन मगर,उपाध्यक्ष रमेश केसी,महिला उपाध्यक्ष नरदेबी पुन रहेका छन्।

त्यसैगरी महासचिव लक्षुमण बिक,सचिव शिब बिक,सहसचिव केश बुढाथोकी,कोषाध्यक्ष अर्जुन बराईली,सह–कोषाध्यक्ष दिल प्रसाद सेन्जा,महिला संयोजक सृजना केसी थापा,सहमहिला संयोजक मनु पाईजा,खेलकुद सचिव बालकुमार गर्बुजा,खेलकुद सहसचिव सागर रसाईली,सांस्कृतिक सचिव दिपक पुर्जा, व्यवस्थापन सचिव नवराज शर्मा रहेका छन् ।

त्यस्तै व्यवस्थापन सह–सचिव लाल बहादुर भन्डारी,जन–सम्पर्क सचिव प्रेम पाईजा, जन सम्पर्क सहसचिव पूर्ण घिमिरे सदस्यहरुमा जमान जंग शाही, दुर्गा देबि पाईजा, पतम खडकाथोकी, रबि रोका मगर, भिम पुन, रमेश पुन, प्रसाद पाईजा पुन, सदस्य देबेन्द्र रसाईली सदस्य–नबिन पौडेल र कमल पुन रहेको महासचिव लक्षुमण बिकले जानकारी दिए ।

नेपाली क्लब बहराईन को अध्यक्ष दुत प्रसाद गुरुङ (दिपक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको महाधिवेशनमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मध्यपूर्व उप–संयोजक मोना बहराईनका संरक्षक लाल प्रसाद पुन,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराईन को अध्यक्ष श्रि राजु कुमार श्रेष्ठ, नेपाली क्लब बहराईन निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार कल्याण श्रेष्ठ ( कमल)ले मन्तब्य राखेका थिए ।

बहराइनमा रहेका म्याग्देली तथा नेपालीहरुलाई विभिन्न सहयोग, सांस्कृतिक एवम् मानवीय सेवा, समस्यामा परेकालाई उद्धार, दुर्घटनामा परी ज्यान गुमाएकालाई घर पठाउने तथा जन्मभूमी म्याग्दीमा समेत विभिन्न कार्यक्रम गदैं आएको मोना बहराइनका बारेमा कार्यक्रममा बोल्ने बक्ताले प्रशंसा गरेका थिए । महाधिवेशनमा मोना बहराइनका अध्यक्ष लोक राम्जालीको सभापतित्व, महासचिव ज्ञान पुन मगरको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बिकास पाईजाको स्वागत गरेका थिए ।

मोना बहराइनका अध्यक्ष लोक राम्जाली मगरले आफ्नो कार्यकालमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं नयाँ कार्यसमितिसँग समेत सहकार्य गर्ने बताए ।

Leave a Reply