शक्तीशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० सैयाको निर्माणधिन बेनी अस्पतालको भवनको निर्माणकार्य फेरी अलपत्र परेको छ ।चौतर्फी दवावपछि केही कामदार लिएर फर्किएका निर्माण व्यवसायी अहिले सम्पर्कविहीन भएका छन् ।

भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि २० जनाको हाराहारीमा मजदुर पठाएर झारा टार्ने काम गरेका नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठ र उनका पार्टनर रबिन जोशीले अलपत्र भवनलाई पूर्णता दिन अटेर र विभिन्न बाहना बनाएका छन् ।

जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसद,जिल्ला समन्वय समिति,बेनी नगरपालिका,बेनी अस्पतालले गण्डकी प्रदेश, संघीय मन्त्रालयमा समेत चरम दवाव दिदाँ समेत ठेकेदारले ढिलासुस्ती गरेका छन् । अलपत्र अस्पतालको निर्माणकार्यलाई गति नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने समेत सरकारी निकायले बेवास्ता गरेपछि महादेव खिम्ती, गल्वा रफिना जेभीले मनपरी गरेको छ । अस्पतालको निर्माणस्थलमा रहेका मजदुरलाई ठेकेदारले एक महिनादेखि तलब, खाद्यान्न समेत नदिएपछि भोकभोकै छन् ।

‘अस्पतालभित्रका मजदुरहरु नै भोकभोकै छन्,‘अहिले काम रोकिएको छ,‘नगरपालिकाको कार्यक्षेत्रभित्र पदैन’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने ।उनले ठेकेदारलाई जिल्लामा प्रवेश गरेपछि सम्पन्न नभएसम्म जिल्ला छोड्न दिन नहुने बताए ।दैनिक करिब १ सयभन्दा बढी जनशक्ती ल्याउने प्रतिबद्धता जनाएका ठेकेदारले अहिले १० जना मजदुरलाई समेत तलबसुविधा दिन सकेका छैनन् ।

निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्री सहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई समेत नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवनले गति लिएको छैन् । ‘ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेको छ’ बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले भने ।

उनले बिभागीय निर्देशनलाई समेत अटेर गरेको बताए । उनले निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण जोन अस्पताल सहितको धेरै अवसर गुमेको बताए । भवन समयमै नसकिदाँ अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । अस्पतालको निर्माणधिन भवन भुत बंगला जस्तै देखिन्छ । बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्।

केही बर्ष अगाडी बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएको बेनी अस्पताल जनशक्ती र भौतिक संरचनाको अभावले अहिले सेवा प्रवाहमा सेवाग्राहीले गुनासो गर्ने थलो समेत बनेको छ ।

बेनी अस्पतालमा शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाका साथै जोखिम अवस्थामा आएका बिरामी समेत उत्साहित हुदै गरेका धेरै समाचारले बिरामीको चाप ह्वात्तै बढेकोमा अहिले भौतिक संरचना र जनशक्तीको अभावले सेवाप्रवाह खस्किदै गएको छ । वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो।

चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चार तले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन राखिने छ ।

सघन सहरी तथा भवन डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमार्फत् थपिएको म्याद सकिएपछि अन्तिम अवसरका रुपमा चालु आवमको असारसम्मको म्याद थप गरिएको छ । तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्।  साझेदारीमा काम गरेका  निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको बताइएको छ ।

५० सैयाको भवन अलपत्र परेपछि अहिले अस्थायी संरचना बनाएर अस्पतालले बिरामीको सेवा दिइरहेको छ। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् ।

 

Leave a Reply