जापानमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं अधिवेसनबाट बिसाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनबाट संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष केसी अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन रहेका छन् ।

त्यसैगरी महासचिबमा सागर कार्की, सचिबमा रेखा केसी, क्षेत्रिय सचिबमा उज्ज्वल बानियाँ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा सुरेस पुन, प्रवत्तामा कमल बानियाँ रहेको क्षेत्रीय सचिव उज्ज्वल बानियाँले बताए ।

उनका अनुसार अधिवेशनबाट महिला संयोजकमा कविता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल रहेका छन् । कार्यसमिति सदस्यहरुमा गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीर बहादुर गर्वुजा, दिपक सुवेदी, अस्वीन भण्डारी, प्रदिप घर्ति मगर, जिवन थापा मगर, मनोज बानियाँ र सुवास खत्रीलाई चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन गदैं मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खड्काले प्रवासमा रहेका म्याग्देलीको एकता र सहकार्यलाई थप बलियो बनाउने बताए ।‘प्रवासी म्याग्देलीको एकता र सहकार्यबाट उत्साहित छौ,‘जापानमा रहेका म्याग्देलीबाट धेरै रचनात्मक कार्य भएको छ’ प्रमुख अतिथि खड्काले भने ।

अधिवेशनमा बरिष्ठ उपाध्यक्ष मोना अन्तराष्ट्रिय एशिया प्यासिफिक संयोजक दिपक कार्कीले मोनामार्फत जापानमा धेरै कार्यक्रम भएको बताए । उनले जापानमा रहेका म्याग्देलीहरुको सक्रियताले विभिन्न कार्यक्रमहरु समेत सफल भएको बताए। उनले मोना जापान तथा क्षेत्रीय समितिसँग निरन्तर मोना आइइसीले सहकार्य गरी विभिन्न कार्यक्रम गर्ने बताए ।

सोही अवसरमा निर्वतमान अध्यक्ष सचिन श्रेष्ठले आफ्नो कार्यकालमा जन्मभूमिमा अनाथ बालबालिका, आर्थिक अवस्था कमजोर भएकाहरुको उपचार तथा विभिन्न सामाजिक एवम् मानवीय सेवा र जापानमा समस्यामा परेका म्याग्देलीलाई सहयोग तथा नेपालीहरुको कार्यक्रमहरुमा सहभागिता जनाएको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति आभार समेत प्रकट गरेका थिए ।

Leave a Reply