मोना म्याग्दी भलिबल कल्बको निमन्त्रणमा पाँचौँ मोना भलिबल प्रतियोगिताका लागि बेलायत पुगेका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ अहिले भलिबल प्रशिक्षणमा ब्यस्त छन्। रोजगार, ब्यापार तथा अध्ययनको सिलसिलामा बेलायतमा पुगेका म्याग्देली पुरुष तथा महिला टिमलाई भलिबल खेलको सीप सिकाइरहेका छन् ।

बेलायत भ्रमणका क्रममा विभिन्न सहरहरूमा घुम्ने निम्तो आइरहेको अवस्थामा म्याग्दी भलिबल संघका अध्यक्ष समेत रहेका बानियाँको ध्यान भने त्यहाँका भलिबल खेलप्रति रुची रहेका खेलाडीहरूलाई सीप हस्तान्तरण तथा प्रतियोगितामा समय दिएका छन् ।उनले म्याग्देली खेलाडीलाई मात्रै नभई विभिन्न जिल्लाबाट बेलायतमा पुगेका खेलाडीहरु आवद्ध रहेको क्लवमा समेत प्रशिक्षण दिएको बताए ।

’भलिबल खेलप्रति यहाँ धेरै रुची देखियो,‘प्रशिक्षण र खेलहरुमा खेल्ने अवसर समेत मिलेको छ’ बानियाँले भने । उनले मोना म्याग्दी भलिबल बाहेक पर्वत सालिजा समाज यूकेका महिला खेलाडीलाई समेत प्रशिक्षण दिएका थिए भने यूकेको उइनचेस्टर भलिबल कल्बले समेत प्रशिक्षणका लागि समय मागेको बताए ।

‘यहाँ म्याग्दीका पूराना खेलाडीहरुसँग समेत भेट्ने अवसर मिलेको छ,‘उहाँहरुको अनुभवलाई जिल्लामा समेत प्रयोग गर्न सकिन्छ, हामीले भलिबलका पूराना खेलाडीलाई सम्मान सहितका कार्यहरुमा समेत यहाँबाट धेरै सिक्न सकिन्छ’बानियाँले बेनीअनलाइनलाई भने । बेलायतमा नेपाली १६ टिम पुरुष र ७ टिम महिला भलिबल टिम रहेको छ ।

बर्षमा करिब १० वटा प्रतियोगीताको आयोजना हुने भएकाले समेत प्रशिक्षणबाट खेलाडी उत्साहित भएको बताए । बेलायतमा बानियाँलाई मोना यूके,बेग खोला कल्याणकारी समाज युके,म्याग्दी विम समाज युके, स्लेख नेपाली समाज,युके,एभरेष्ट आर्चरी कल्ब युके,स्विन्डन भलिबल कल्ब युके,राखु समाज युके, र धौलागिरी कल्याणकारी समाज युकेले समेत प्रशिक्षक बानियाँलाई सम्मान तथा स्वागतका लागि कार्यक्रम तय गरिसकेको छ । केही संस्थाले कार्यक्रम समेत गरी भलिबल क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

मोना यूकेका अध्यक्ष कुमार फगामीले भलिबल खेलप्रतिको रुची रहेकाले मोनाले समेत हरेक बर्ष प्रतियोगिताको आयोजना गर्ने गरेको बताए । प्रशिक्षणमा शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराइएको भलिबल कल्ब युकको अध्यक्ष प्रविण रानाले बताए। प्रशिक्षण निकै उपलब्धीमुलक भएको बताए ।

प्रशिक्षक बानियाँले भारतमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण लिएका थिए ।उनले नेपाली सेनाका खेलाडी सहित म्याग्दी सहित मुस्ताङ र पर्वत लगायतका जिल्लामा समेत पुगेर प्रशिक्षण दिने गरेका छन् । उनी म्याग्दीको भलिबल क्षेत्रमा निकै अब्बल मानिएको काउलेगौडा यूवा क्लवका संस्थापक अध्यक्ष समेत हुन् । प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादनमा सघाएको छ।

Leave a Reply