बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघले विद्यालयस्तरमा प्रतियोगिताको क्रममा घाइते भएकी एक विद्यार्थीको उपचारमा आर्थिक सहयोग गरेको छ । एक महिला अगाडी विद्यालयस्तरीय एकल ब्याडमिन्टन प्रतियोगितामा क्रममा घाईते भएकी प्रकाश माविकी कक्षा ९ की छात्रा दिपिका विकको खुट्टाको अप्रेसन गर्न ६० हजार ७११ रुपैयाँ सहयोग गरिएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि ब्याडमिन्टन संघमा आवद्ध खेलाडीले संकलन गरेको आर्थिक घाईते विद्यार्थीको अभिभावकलाई बेनी नगरपालिकाका वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य,ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले हस्तान्तरण गरेको बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले बताए ।

उनका अनुसार उपचारमा थप आर्थिक आवश्यकता रहेकाले अन्य संघसंस्थालाई समेत सहयोगका लागि अनुरोध गरिएको छ । बागलुङ जिल्ला घर भई मजदुरीको शिलसिलामा पर्वतको जलजला गाउँपालिकामा बसोबास गर्ने घाईते विककी आमाले उपचारमा करिब ३ लाख खर्च हुने भएकाले सहयोगको अपिल गरेकी छन् । घाईते विकको खुट्टा र नशामा समेत गम्भीर चोट लागेको छ । उनको नशा समेत चुडिएकाले थप खर्च लाग्ने बताइएको छ ।

Leave a Reply