जापानमा रहेका दुई म्याग्देलीले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियको सन् २०२२–२०२५ कार्यकालमा उम्मेदवारी दिएका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष ददिवल खड्का र मोनाका एसिया प्यासेफिक संयोजक दिपक कार्कीले सहकोषाध्यक्ष र एसिया प्यासेफिक उपसंयोजक पदमा उम्मेदवारी दिएका छन् ।

जापानमा सफल नेपाली ब्यवसायीको रुपमा चिनिएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार घर भएका खड्का एसिया प्यासिफिक उप–संयोजक खड्का रहेका छन् । विभिन्न रेष्टुरेण्ट लगाएत व्यवसायी गरिरहनु भएका खड्काले संस्थालाई थप प्रभावकारी र गतिशिल बनाउन एनआरएनए आइसीसी सह–कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिएको बताए ।

एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगाएत जापानको विभिन्न संघ–संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ–संस्थाका कार्यक्रमहरुमा सकेको सहयोग गर्दै आएका छन् ।

खड्का ३ दशकअघिबाट जापानमा कर्मभूमि बनाई एनआरएनए मार्फत समाज, आफ्नो जन्मभुमीको सेवा गर्न र प्रवासमा समेत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् । त्यस्तै बेनी नगरपालिका वडा नं ९ गलेश्वर घर भएका केसी सन् २०२१–२०२३ कार्यकालमा जापानबाट आईसिसिमा उत्कृष्ठ काम र सक्रियता जनाएकोमा एनआरएनए जापानबाट सम्मानित समेत भएका थिए ।

हाल एनआरएनए आईसिसिको विश्व खाद्य प्रर्वद्धन समितिमा सदस्य सचिवको रुपमा समेत जिम्मेवारीमा रहेका केसीजापानको नागोया क्षेत्रमा रहेर एनआरएनए गतिविधि सहित सामाजिक क्षेत्रमा फ्रन्टलाइनमा बसेर काम गर्ने गरेका छन् । गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय समिति नागोयाको उपसंयोजकमा रहँदा देखि नै संस्थागत र व्यक्तिगत तवरमा सामाजिक क्षेत्रमा खटिएर उत्कृष्ठ क्षेत्रिय संयोजकका रुपमा सम्मानित केसी यसअघि सन् २०१९–२०२१ कार्यकालमा एनआरएनए जापानमा सबैभन्दा बढि मत पाएर उपाध्यक्षमा निर्वाचीत भएका थिए ।

नागोयामा केसीकै संयोजकत्वमा दुई पटक नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न गर्न सफल केसी दुवै पटक नेपाल फेस्टिवल आयोजक मुल समारोह संयोजकको रुपमा जिम्मेवारी निभाएका छन् । उनले सामाजिक कार्यलाई संस्थागत गर्न निरन्तर सक्रिय छन् ।

Leave a Reply