म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम टप ६ मा प्रवेश गरेकी छन् । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजाले उत्कृष्ट ६ मा पुगेकी छन् ।

विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन भने जजहरूले प्रशंसा गरेका छन् ।

अन्तिम १६ को प्रतिस्पर्धा यता उनलाई भोटिङ सहित विभिन्न क्षेत्रबाट उपाधीका लागि सहयोगको अपिल समेत भइरहेको छ ।यूरोपको बेल्जिमयबाट प्रतियोगितामा सहभागी भएकी देबी गर्बुजा यसअगाडी समेत मिस नेशनल आइकनको उपाधी समेत जितिसकेकी छन् ।

उनले प्रतियोगिताको उपाधीका लागि आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् । ‘यो प्रतियोगिताको उपाधीका लागि सबैको साथ र सहयोग आवश्यक छ,‘जन्मभूमिलाई चिनाउन समेत मैले नृत्यमार्फत थप प्रयास गर्नेछु’ देबीले भनिन् । प्रतियोगितामा प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ।

Leave a Reply