उखानै छ, ‘धन भनेपछि महादेवको पनि तीन नेत्र !’ भगवान् महादेवलाई समेत प्रभावित गर्न सक्ने धनले कलियुगका मानवको त झन् के कुरा ! म्याग्दीको एक दम्पत्तीले सेकेण्डमै अर्काको धनमा रजाँई गर्ने सपना देखेर कालीगण्डकी नदीमा योजनाबद्ध रुपमा बोलेरो जीप दुर्घटना गराई नगद लिएर भाग्दा प्रहरीको हिरासतमा पुगेका छन् ।

बोलेरो जीपको चालकबाट मासिक आउने सुविधाभन्दा सवारीधनीको नियमित कमाईबाट लोभिएका पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानका ३६ बर्षिय कमलेस परियार र उनकी श्रीमती सिता लौडारी परियारलाई पक्राउ गरी मुद्धा चलाएको छ ।

गएको साउन १० गते बुधबार बेनी– जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका– ७ भिरकाटेबाट ग २ च १०३१ नम्वरको बोलेरो जीपलाई न्यूटलमा राखेर कालीगण्डकी नदीमा खसालेका चालक कमलेस परियार फरार भएका थिए । उनले श्रीमति सितासँगको सहमतिमा बोलेरो नदीमा खसालेर फरार भएका थिए ।

बोलेरो बेपत्ता भएपछि खोजीकार्यको क्रममा घटना संकास्पद भएपछि प्रहरीले विभिन्न माध्यमबाट परियार दम्पत्तीलाई साउन १४ गते काठमाण्डौस्थित मित्रनगरबाट प्रहरीले पक्राउ गरेको बताए । ‘चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाव बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर भागेका थिए’ कुँवरले भने ।

उनका अनुसार घटनापछि श्रीमतिको गतिविधि र चालक परियारको पृष्ठभुमीले समेत प्रहरी र बोलेरोका सञ्चालक सुमन श्रेष्ठलाई शंका लागेको थियो । घटनापछि श्रीमतिको मोबाइलमा चालकले निरन्तर गर्ने फोनले समेत अनुसन्धानले फरक रुप लिएको थियो । घटनामा संग्लन भएकी कमलेसकी श्रीमती सिता लौडारी परियारलाई साउन १५ गते प्रकाउ गरिएको थियो ।

घटनास्थलबाट फर्किएपछिको निगरानी र सक्रियताले अभियुक्त परियारलाई खोजीकार्यमा सहज भएको थियो । दम्पतीलाई अनुसन्धानबाट आरोप पुष्टि भएमा अपराधिक विश्वासघात कसुर अन्तरगत पाँच बर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना हुने कानुन रहेको छ ।

साउन १० गते दिउँसो देखि सम्पर्क विहिन बनेको चालक कमलेस परियार र सवारीसाधन खोजी गरिदिन सुमन किराना स्र्टोशका सञ्चालक सुमन श्रेष्ठले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीपश्चात प्रनाउको कुँवरको नेतृत्वमा घटनास्थल पुगको टोलीले दुर्घटना भन्दा घटना भएको भन्दै अनुसन्धान अघि बढाएको थियो भने खोजीका लागि कालीगण्डकी किनारमा शसस्त्र प्रहरी परिचालन गरेको थियो ।

उक्त घटनापछि कमलेसको श्रीमतीले प्रहरी कार्यालयमा आएर श्रीमान सम्पर्क नरहेको र जिउँदो वा मृत जेजस्तो अवस्थामा भएपनि खोजी गरिदिनुप¥यो भन्ने मौखिक उजुरीमा देखिएको गतिविधिले शंकास्पद मानेर सिता लौडारी परियारमाथि निगरानी बढाएको थियो ।

प्रहरी कार्यालयभित्र श्रीमतिको गतिविधिले प्रहरीले चालक नदीमा नभई कतै भागेको अनुमान लगाइसकेको थियो । सवारी दुर्घटना गराई कमलेश बेनीबाट कुश्मा हुँदै पोखराबाट घान्न्दुुक गएका छन्, त्यहाँबाट घोडा चढी घोडेपानी आउने खोजेपनि देउराली भन्ने स्थानबाट फर्किएर नयाँपुल हुँदै काठमाण्डौ गएको खुलेको छ । कमलेसले विभिन्न ब्यक्तिको मोवाईलबाट श्रीमतीलाई फोन गरेको आधारमा काठमाण्डौस्थित मित्रनगरबाट नगद १९ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply