बेनी–जोमसोम सडकखण्डमा बुधबार दिउँसोदेखि चालकसहित बोलेरो जिप बेपत्ता भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट फर्किदै गरेको ग २ च १०३१ नंको बोलेरो जिप चालक कम्लेस परियार सहित बेपत्ता भएको जनाइएको छ । बेनीस्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क्रममा अन्नपूर्ण–६ भिरकाटेमा बोलेरोको सिसा, सामानको नगद रसिद भेटिएको छ भने चालक र बोलेरो अझै भेटिएको छैन् । चालकको घर मालिका गाउँपालिका वडा नं ५ देविस्थान हो ।

गएको साउन ७ गते बेनीबाट खाद्यान्न सामान लिएर गएको उक्त बोलेरो बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको सुमन किराना स्टोरका सञ्चालक सुमन श्रेष्ठले बताए ।‘सम्र्पकविहिन भएपछि खोजीकार्यमा जुटेका छौ, सामान दिएर पैसा उठाएर फर्किएका चालक बोलेरो सहित बेपत्ता छन्’ श्रेष्ठले भने । उनका अनुसार खोजीकार्यको क्रममा भिरकाटेमा सिसा फेला परेको छ ।

उर्लिएको भेलमा खसेको अनुमान सहित खोजीकार्य गरेपनि सवारी तथा चालक नभेटिएको प्रहरीले जनाएको छ । सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी भइरहेको छ । हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको छैन् ।

Note:- यो समाचारमा खोजीकार्यको क्रममा केही नगद रसिद फेला परेको हुनुपर्नेमा नगद भएकोमा सच्चाइएको छ ।

 

Leave a Reply