म्याग्देली विद्यार्थी परिवारले आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीलाई काठमाण्डौमा उच्च शिक्षा निःशुल्क अध्ययनका लागि प्रबन्ध गर्ने भएको छ । म्याग्दी जिल्लाबाट २०७९ सालमा एसइईमा उत्र्तिणा भएर काठमाण्डौमा अध्ययन गर्न जाने आर्थिक रुपले विपन्न, विपन्न दलित, विपन्न अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षामा पूर्ण, आंशिक छात्रबृत्ति उपलब्ध गराउने जनाएको छ ।

म्याग्देली विद्यार्थी परिवारका उपाध्यक्ष विनोद क्षत्रीले विगतका बर्षमा जस्तै यसबर्ष पनि काठमाण्डौका प्रख्यात कलेजहरुसँग सहकार्य गरिएकाले आर्थिकरूपले विपन्न विद्यार्थीले अध्ययनमा सहज हुने बताए। उनले विद्यार्थीलाई काठमाण्डौमा हुने कुर्नैपनि समस्या समाधानका लागि संस्थामार्फत सहकार्य गरिने बताए ।

म्याग्देली विद्यार्थी परिवारले विद्यार्थीलाई पढाईमा छुटका साथै अन्य समस्या समाधानमा समेत निरन्तर पहल गरिरहेको जनाएको छ । काठमाण्डौमा अध्ययनरत विद्यार्थीको साझा संस्था म्याग्देली विद्यार्थी परिवारले विगतमा समेत विभिन्न रचनात्मक कार्य गदै आइरहेको छ ।

 

Leave a Reply