म्याग्दीको बेनी नगरपालिका–५,डडुवाको भेडाखोर सामुदायिक बनको करिब २ रोपनी जमिनमा बृक्षारोपण गरिएको छ । सामुदायिक बनभित्र खाली नाङ्गो पाखामा र जलाधार क्षेत्र वरिपरी विभिन्न प्रजातीका बिरुवा लगाइएको हो । डिभिजन बन कार्यलयले निमारो प्रजातिको बिरुवा र स्थानीयस्तरबाट अमृसो, पयूँ, ओखर लगायत आजआर्जन हुने विभिन्न फलफुलको लगाइएको भेडाखोर सामुदायिक बन अध्यक्ष बल बहादुर बानियाँले बताए ।

‘यो अभियान निरन्तर जारी रहन्छ,‘समुदायलाई आम्दानी हुने बिरुवा थप स्थानमा लगाउँदैछौ’ अध्यक्ष बानियाँले भने । सामुदायिक बन भित्रको खाली पाखो, पहिरो गएको र पहिरोको उच्च जोखिम रहेको स्थानमा करिब १ हजार बिरुवा लगाइएको समितिका सचिव खिमबहादुर खत्रीले बताए । सामुदायिक बन र स्थानीय समुदायले माटो अनुकुल, सिजन अनुसार बृक्षारोपणलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply