म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी २७ बर्षिया स्मृति पुन छन्त्याललाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । दुवै मृगौला फेल भएर काठमाण्डौको टिचिङमा उपचारर्थ पीडितलाई नियमित औषधी सेवन, उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचार खर्च जोहो गर्न निक्कै अप्ठ्यारो भएको वडा अध्यक्ष पदम पुनले बताए । ‘उपचारमा आर्थिक अभाव भएको छ, सबैको सानो सहयोगले सहज हुन्छ, हामीले आर्थिक सहयोगको अपिल गरेका छौ’ अध्यक्ष पुनले भने । दुवै मृगौलाले काम गर्न छाडेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको हुँदा जीवन रक्षाको लागि सहयोग गरी दिन परिवारको अनुरोधमा वडाले आर्थिक सहयोगको अपिल गरेको छ ।

सहयोग गर्न चाहनेहरूले गरिमा विकास बैंक बेनी शाखामा खाता खोलेर समेत अभियान सुरु गरिएको छ । डाक्टरको सल्लाह अनुसार दुवै मृर्गौला प्रत्यारोपण गर्न करिब २०÷२२ लाख लाग्छ । हाल नियमित डायलासिस, औषधी सेवन र अन्य खर्चमा आर्थिक आवश्यकता परेको परिवार स्रोतले जनाएको छ । पीडित स्मृति पुनले स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीलाई आर्थिक सहयोग गरी आफुलाई बचाई दिन सहयोगको आग्रह गरेकी छिन् ।

Leave a Reply