प्रिय, हर्के दाइ तिमी, गोरु हौ, गधा हौ तिमी, देशका लागि गोरुभन्दा बढी जोतिएका छौ गधाभन्दा बढी खटिएका छौ हात्तीको गतिमा लम्किएका छौ

देशको अन्धकार हटाउन तारा जस्तै गरि चम्किएका छौ ।

हर्के दाइ,

तिमी, सयौं मेयरभन्दा पृथक छौ

अन्य मेयरका अघिपछि कार्यकर्ता बिना काम भौँतारिरहेका छन् तिम्रा अघिपछि श्रम गर्न पर्जा श्रम गरिरहेका छन् ।

यहाँ,

मेयर सापहरु काम नगरी थकित छन् तिमी पसिना बगाउँदा पनि थाकेका छैनौं तिम्रो लगाबदेखि दुनियाँ चकित छन् असल नेता पाएकामा धराने हर्षित छन् ।

मेयरसापहरु,

घुमाउने कुर्चिमा चारै दिशा घुमेका छन् तिमी बाटो, पुल बनाउन लागेका छौ अरु भएको वन कमिसनमा कटाउँछन तिमी बिरुवा रोपी हरियाली बनाउछौ ।

तिमीले ल्याएको पानी निश्चल छ त्यो पानीमा पर्जाको पसिना छ कैयौं मेयरसापले ल्याएको पानी, खल्लो लाग्छ, प्यास मेट्दैन ती पानीमा भ्रष्टाचारको थोपा थोपा छन् ।

मेयरसापहरु, पार्टीको झण्डा ओडेका छन् तिमी देशको झण्डामा अटाएका छौ ।

त्यसैले हर्के दाइ मौरी हौ कैयौं मेयरसाप भमरा जस्तो लाग्छ तिम्रो काम देख्दा,

सच्चा नेपालीको मुटुभरी देशभत्तिको भाव जाग्छ ।

हेर्के दाइ,

आफ्नो ख्याल राख ल, यो देश, मदन भण्डारी अकालमा मर्नु परेको गणेशमानले अपमानित हुनु परेको वीरेन्द्रले वंशनास सहनु परेको देश हो ।

Leave a Reply