म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) बहराईनद्वारा आयोजित सातौ मोना भलिबल कपको उपाधी पर्वत सेवा समाजले हात पारेको छ । इस्लामीक धर्मावलम्बिहरूको दोश्रो ठुलो पर्व ईद उल अधा को अवसर पारी राष्ट्रिय खेल भलिबल प्रतियोगिताको आयोजना गरेको प्रतियोगितामा नवलपुर बहराइन द्वितीय, लाङघाली सेवा समाज तृतिय, र आयोजक मोना बहराइनले शान्त्वना स्थानल हासिल गरेको छ ।

प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडि आकस सुनारी, उत्कृष्ट स्पाईकर सुरेस केसी उत्कृष्ट लिब्रो तिलक पुन र उत्कृष्ट सेटर शुसन परियार घोषित भएका थिए । म्याग्दी जिल्ला रघुगंगा गाउँपालीका बादुकका लिला शेर्पुन्जा मगरले म्याग्दीको प्रचलित थाली नाच पन्चेबाजा मा नित्य प्रदर्सन गर्दै खेलमा उपस्थिति दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता सफल बनाउनका लागि आर्थिक, नैतिक तथा भौतिक, रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै मोना वहराईनका अध्यक्ष लोक राम्जाली मगरले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु संचालन गर्न हौसला मिलेको बताए ।

प्रतियोगितामा मोना बहराईनका पूर्व पदाधिकारी बर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पनि महत्वपूर्ण आर्थिक सहयोग गरेका थिए । भलिबल प्रतियोगिताको उद्घोषण कार्य समितिका लक्ष्मण विश्वकर्मा, अबिशेक श्रीपाली र शिब विश्वकर्माले गरेका थिए ।मोना बहराईनका सदस्य केस बुढाथोकि र गुल्मी सेवा समाज का सदस्य अर्जुन खरेलले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रतियोगितामा नेपाली राजदुतावास बहराइन नियोग उपप्रमुख श्री अरूणा घिसिङ्ग प्रमुख आतिथ्यतामा बहराइनको जिसीसी खेल मैदान अस्करमा आयोजित प्रतियोगितामा कुल १७ टिमले सहभागीता जनाएका थिए । खेल उत्घाटन अध्यक्ष राम्जाली र खेल्कुद सचीव बाल कुमार गर्बुजाले संयुक्त रुपमा गरेका थिए भने औपचारिक खेल प्रतियोगिता संचालन महासचिव ज्ञान् पुन मगरले गरेका थिए ।

Leave a Reply