तिलु शर्मा पौडेल
गत हप्ता बेनी साप्ताहिकले आफ्नो स्थापनाको ८ औ वसन्त पुरा ग¥यो । विश्वभरबाट शुभकामना ओइरिए । त्यो अङ्कमा यो पत्रीका राष्ट्रिय साप्ताहिक बने हुन्थ्यो भन्ने शुभेच्छा पनी पढ्न पाइयो । कतिपयले बेनीको पत्रिका कुस्मा, बागलुङमा र मुस्ताङमा पनी पढ्न नपाइएको गुनासोले भरिएको शुभकामना मार्फतै पोखे ।

ती सबै यति प्रेमिल लागे मलाई की राष्ट्रको साप्ताहिक बन्न निकै फराकीलो कोसिस गर्नु पर्ला तर गण्डकी प्रदेश भित्र “क” वर्गकै साप्ताहिक बन्न राष्ट्रिय साप्ताहिक बन्न जति पापड बेल्नु नपर्ला र त्यस तर्फ पहल गर्नु पर्ने आवश्यकता पनी महसुस गरे ।

शुभेच्छुकले आफ्ना ईतिहास र भविष्य जताई सार्वजनिक गरिसकेपछि मेरो जीवनको महत्तपूर्ण हिस्सा ओगटेको साप्ताहिकका बारेमा मौन रहन नैतिकताले दिएन । केही शब्द लेख्न प¥यो भनेर कलम चलाउन थाल्दा दिमागमा हजारौँ शब्दले हानी रहे तर सम्पादकले आफ्नो सम्पादकीयको छेउमा दिएको यो स्थानमा कथा नभई वास्तविकता कोरिरहेको छु ।

वैदेशिक रोजगारीका लागी म कतार हानिएको निकै समय पछि विश्व इन्टरनेट र सामाजिक सञ्जालसँगै साघुरिदै गयो । मध्यपूर्वको सानो देश कतारबाट विक्रम सम्वत २०७१ साल असोज ११ गते पहिलो समाचार लेख्दै पत्रकारितामा पाइला राखेको हु ।

त्यो मेरो पहिलो समाचार लाइ तत्कालीन समयमा बेनी अनलाइनले समेत प्रकाशित गरेको थियो ।त्यही दिनबाट सुरु भएको मेरो सामाजिक उत्तरदायित्वको पत्रकारिता आजसम्म चलेको छ र यसको श्रेय बेनीअनलाईन तथा साप्ताहिकलाई जान्छ ।

पत्रकारिता नपढी समाचारहरू पढेकै भरमा समाचार लेख्न सिकेको म बबुरोका समाचार सुरुवातमा अन्य थुप्रै अनलाइन मिडियाले प्रकाशितै गरिदिएनन् । कतिले हुन्छ भनेर ढाटे । मेरो पत्रकारितासँग केही मिल्ने धार समात्छ साप्ताहिकले । बेनीअनलाईनले मातृत्व प्रदान गरेको यस पत्रिकाले आवाज विहीनको आवाज बोल्छ ।

म्याग्दीबाट प्रवास पुगेका प्रवासी म्याग्देलीहरुको सफलता, संघर्ष र पिडा बोल्ने गर्छ । समाजमा सूचना सम्प्रेषणमा सदैव विश्वसनीय रहेको यस पत्रिकाले मलाई पत्रकारका रूपमा अघि बढ्न प्रदान गरेको प्लेटफर्म कुनै मूल्यमा किनेर पाइँदैन ।
विश्वसनीय सूचनाको परिपूरक बनेको यस पत्रिकामा मेरा थुप्रै लेख तथा समाचारहरू प्रकाशित छन् । ती लेखहरूबाट मिलेको हौसलाले मैले बेला बेलामा लेख्ने जाँगर गर्ने गरेको छु । सधैँ लेखिरहन घचघचाउने हरिकृष्ण गौतम जी धन्यवादको मुख्य पात्र हुनुहुन्छ ।

बेनी साप्ताहिक र अनलाइन मेरो पत्रकारिताको जन्म घर हुन । यो वार्षिकोत्सव अवसरमा साप्ताहिक परिवारलाई मैले दिन सक्ने भने मलाई एनआरएनए कतारले २०१९–२१ कार्यकालमा प्रदान गरेको उत्कृष्ट पत्रकारिता पुरुषकार र फिफाको बाईसौ संस्करण कतारमा सम्पन्न हुदॉ कतारमा रहेका ३ लाख ५६ हजार नेपाली मध्यबाट फिफाको प्रेस पास प्राप्त गर्न सफल भएको मेरो त्यो पास मात्र हो त्यही समर्पित गर्न चाहन्छु । म्याग्दी जिल्लाका मात्र नभई राष्ट्रिय महत्वका सबै समाचार यस पत्रिकाले प्रकाशन गर्न चुक्नु हुँदैन ।

खास गरी लेखनमा नयाँ रहेका सिकारु लेखक तथा पत्रकारका लागि बेनी साप्ताहिक फराकिलो प्लेटफर्म बन्न सक्नु पर्द्छ् िआवाज विहीनको आवाज बन्न र सही सूचना दिन चुक्न अब साप्ताहिक परिवार लाई छुट छैन। निष्पक्षतालाई पहिलो सर्त बनाउदै बेनी साप्ताहिकको यात्रा अनवरत रूपमा अगाडी बढोस् ।आठौँ वर्ष पार गरी नवौँ वर्षमा प्रवेश गरेको सुखद अवसर हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु।
लेखक पौडेल खाडीमुलुक कतारका सक्रिय पत्रकार हुन् ।

Leave a Reply