प्रथम बरंजा कप भलिबलको उपाधि बेनी नगरपालिका – ५, पुलाचौरले हात पारेको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा संचालित प्रतियोगिताको  मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा मंगला -५, अर्मनलाई ३-२ को सेटमा पाखा लगाउदै बेनपा – ५, पुलाचौरले उपाधी जितेको हो ।

म्याग्दी मंगला गाउपालिका-३, बरंजा आर्भाङस्थित खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको बेनपा -५, पुलाचौरले उपाधी संगै नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको मंगला -५, अर्मन उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न बाध्य भयो ।

त्यस्तै सो – डान्स प्रतियोगितामा प्रथम हुदै एशोदा रोकाले नगद १० हजार र प्रमाण पत्र हात पारेकी छिन भने न्यू-स्टार युवा क्लबका देविना घर्ती र बिपिन थापा द्वितीय र अरिक शेर्चन तृतीय हुदै क्रमस नगद ७ हजार , ४ हजार र प्रमाण पत्र हात पारेका छन । त्यसैगरी मंगला -३, बाहुनपधेराले पुरुष र महिला लठो तान्ने प्रतियोगिताको प्रथम स्थान हासिल गर्दै नगद पाच / पाच हजार हात पारेको छ । अन्धानिसान प्रतियोगिताको प्रथम पुरस्कार २ हजार बराबरको भाले सोम रोकाले हात पारेका छन ।

प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न भएको भलिबल प्रतियोगितामा मंगला-५ अर्मन, बेनपा-४ थामडाडा, बेनपा -३ भकिम्ली,  बेनपा -५ पुलाचौर, मंगला – ४ , मंगला -३ ए र बी टिमको सहभागिता रहेको थियो । त्यसैगरी सो- डान्स प्रतियोगितामा ६ जनाले सहभागिता जनाएका थिए । पुरूष तथा महिला लठो तान्ने प्रतियोगितामा २ टिम पुरुष र २ टिम महिलाको सहभागिता रहेको थियो भने अन्धानिसान प्रतियोगितामा ३६ जना सहभागी थिए।

Leave a Reply