एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल म्याग्दीको आयोजनामा हिँजो (मङ्गलवार) अभिमुखीकरण  कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा कार्यरत सबै कर्मचारीहरुका लागि लैङ्गिक हिंसा (जिबिभी) र (ओसिएमसी)को विषयमा अभिमुखीकरणसहित गरिएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै ओसिएमसीका प्रमुख तथा बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले अरुको मन दुखाउने गरी हुने कार्य नै हिंसा भएको बताउनुभयो । उहाँले हिंसाको विभिन्न प्रकारहरु भएकाले लैङ्गिक तथा घरेलु, सामाजिक एवं आर्थिक र मानसिक रुपमा हिंसा भैरहने बताउँदै सबै मिलेर हिंसाको न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

डा. आचार्यले जिल्लामा हिंसा पीडितहरुलाई संरक्षण दिनको लागि सदरमुकाम बेनीमा अल्पकालीन सेवा केन्द्र र बेनी अस्पतालमा ओसिएमसीको स्थापना गरेर सञ्चालन गरिएको भए पनि लामो अवधिका लागि पुनसर््थापना केन्द्र नहुँदा हिंसापीडितलाई धेरै समय राखेर परामर्श सेवा दिनलाई जिल्लाभन्दा बाहिर पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल अधिकृतद्वय डा. प्रशान्त गुरागाईँ, डा. आचार्य र स्टाफनर्स सन्जु जिसीले ओसिएमसीको सेवासुविधा तथा लैङ्गिक हिंसा न्युनीकरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ओसिएमसीमार्फत उपलब्ध सेवासुविधा, कानुनी तथा स्वास्थ्य उपचार, हिंसाको उजुरी, देवानी र फौजदारी मुद्दा तथा स्थानीय तह, प्रहरी, प्रशासन र जिल्ला अदालतबाट पाइने सेवा, लैङ्गिक हिंसाको पहिचान, न्युनीकरणका उपायहरु, स्वास्थ्यकर्मीहरुले लैङ्गिक हिंसा न्युनीकरणमा खेल्नुपर्ने भूमिकालगायत विविध विषयहरुमा आधारित रहेर सहजीकरण गरिएको थियो ।

ओसिएमसीका फोकलपर्सन पबिना पूर्जाको सञ्चालनमा सम्पन्न अभिमुखीकरण तथा अन्तत्र्रिmया कार्यक्रममा बेनी अस्पतालमा कार्यरत डाक्टरहरु, स्टाफनर्स, अस्पतालको विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply