मार्कण्ड्य उद्यमशील सहकारी संस्था लिमिटेड मिलनचोक पर्वतको सातौं वार्षिक साधारणसभाले तारादेवी थापा कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । हालै सम्पन्न साधारण सभाबाट सहकारीको उपाध्यक्षमा कृष्णकुमारी मल्ल सेन, सचिवमा पुजा केसी, कोषाध्यक्षमा रिता दर्जी र सहसचिवमा पुष्पाकुमारी केसी रहनुभएको छ ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा सीता केसी, मायादेवी हमाल, टलकुमारी मल्ल, मिना हमाल, गंगा क्षत्री र माया केसी चयन भएको सहकारीले जनाएको छ । त्यस्तै सहकारीको लेखा समिति संयोजकमा सितल हमाल, सदस्यमा ज्ञानुकुमारी बानियाँ केसी र रमा आचार्य चयन हुनुभएको छ भने ऋण उपसमिति संयोजकमा मिनाकुमारी हमाल, सदस्यमा सावित्री दर्जी, टलकुमारी मल्ल र सीता केसी रहनुभएको छ । शिक्षा उपसमिति संयोजकमा मायादेवी हमाल, सदस्यमा यमुना शर्मा र अनुषा कार्की रहनुभएको छ भने सल्लाहकारमा जमुना आचार्य, लक्ष्मी हमाल, उषा मल्ल, बिसमाया पुन र भविसरा विक रहनुभएको छ ।

गएको आर्थिक वर्ष २०७८÷०७९ सम्म कुल ९ सय ६५ जना महिला शेयर सदस्यहरु रहेको यस सहकारीको शेयर पुँजी एक करोड ५६ लाख तीनहजार नौसय रुपैयाँ रहेको छ । तीन करोड ६८ लाख ७३ हजार नौसय ५६ रुपैयाँ लगानी रहेको सहकारीको एक करोड ७४ लाख २४ हजार सातसय २४ रुपैयाँ बचत रहेको संस्थाले जनाएको छ । साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष उषा मल्लले संस्थागत, सचिव बिसमाया पुनले प्रगति, कोषाध्यक्ष रिता दर्जीले आर्थिक र लेखा समिति संयोजक पुजा केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्यमशील सहकारी भएकाले शेयर सदस्यहरुलाई उत्पादनसँग जोडेर कृषिजन्य उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारसँगै उत्पादन र व्यवसायमूलक क्षेत्रमा लगानी वृद्धि गरेर साधारणसभामा कृषि उपजहरु र हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जलजला–७, धाईरिङका वडा अध्यक्ष टुङ्गनाथ आचार्य, सहकारीका सल्लाहकारहरु जमुना आचार्य, लक्ष्मी हमाल आचार्य, भविसरा विक र शेयर सदस्य सरला शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष उषा मल्लको अध्यक्षता, उपाध्यक्ष तारादेवी थापा कार्कीको स्वागत र सचिव बिसमाया पुनको सञ्चालनमा सम्पन्न भएको थियो।

साधारणसभाको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा ‘महिला सशक्तिकरणमा महालक्ष्मी’ लाइफ तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारी र समृद्धिका लागि महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply