दसैंलाई लक्षित गरेर म्याग्दीबाट रोजगारका लागि विभिन्न देशबाट दसैंतिहारको खर्च स्वरुप ४० करोड भन्दा बढी रेमिटेन्स भित्रिएको छ। विगतका बर्षको तुलनामा चाडपर्वमा लक्षित शिक्षा, रोजगार, ब्यापारको सिलसिलामा बैदेशिक रोजगारमा गएकाले घरायसी तथा अन्य प्रयोजनमा खर्च गर्ने गरी भदौ र असोज महिनाको पहिलो साताको अवधिमा ४० करोडको हाराहारीमा रकम पठाएको म्याग्दीका सेवाप्रदायक संस्थाले जनाएको छ ।

जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तिय संस्थाले दिएको जानकारी अनुसार विगतका तुलनामा रेमिट् कम भित्रिएपनि चाडपर्वमा आउने रेमिट भने रोकिएको छैन् । जिल्लामा भित्रिएको रेमिटेन्सको ठु्लो हिस्सा चाडपर्वमा घरखर्च, लत्ताकपडा सहित अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

सहकारी तथा ठुला वित्तिय संस्थाले सदरमुकाम बेनीबजारसहित जिल्लाका सबै स्थानीय तहमा रहेका बैंक तथा वित्तिय संस्था, सहकारीमार्फत धेरै रेमिटेन्स भुक्तानी भएको देखिन्छ । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाह कम भएको वित्तिय संस्थाका प्रतिनिधिको भनाई छ ।

म्याग्दीको ६ वटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, चारवटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धौलागिरी बचत तथा ऋण सहकारी, बेनीबचत तथा तथा ऋण सहकारी, लोकदिप सहकारी संस्था सहित करिव एकदर्जन सहकारीले चार करोड रुपैयाँको हाराहारीमा रेमिटेन्स भुक्तानी गरेको सम्बन्धित वित्तीय संस्थाले जनाएका छन् । ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभु, कैलाश विकास बैंक, बीओके, सिटिजन्स, ग्रिन डेलपभमेन्ट जस्ता राष्ट्रियस्तरका वाणिज्य बैंकका शाखा पनि करोडको हाराहारीमा रेमिटेन्स भुक्तानी गरेका छन् ।

जिल्लाका ५ वटा गाउँपालिकाका गाउँगाउँमा सहकारी भएकाले पनि दुर्गमका जनताले सहकारीबाटै लिने गरेका छन् । बैंक तथा वित्तिय संस्था बाहेक अघोषित रुपमा हुन्डीबाट समेत दशैं खर्च भित्रिने भएकाले चाडपर्वमा आधा अर्वको हाराहारीमा रकम भित्रिने अनुमान गरिएको छ। म्याग्दीमा करिब ६० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी, दुवै, दक्षिण कोरिया, जापान, भारत, मलेसिया, अस्टेलिया, यूरोपका विभिन्न देशबाट रकम भित्रिने गरेको छ ।

रेमिटेन्सबाट आएको रकम अपभोग र विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादिक्षामा धेरै खर्च हुने गरेकाले पनि उत्पादनशिल क्षेत्रमा निकै न्यून लगानी हुने गरेको वित्तिय क्षेत्रका जानकार बताउँछन् । जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि जिल्लामा बार्षिक ३ अर्वको हाराहारीमा रेमिटेन्स भित्रिने गरेको भएपनि विभिन्न माध्यमबाट बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिस्ट्यान्स रहेको छ । पछिल्लो समयमा रेमिट्न्यासबाट आएको रकमजिल्लाको विकासमा समेत लागानी गर्न थालीएको छ । म्याग्दीबाट करिव ३० हजारभन्दा धेरै बैदेशिक रोजगारीमा छन् ।,

 

Leave a Reply