बलात्कारको झुठो जाहेरी दिएको आरोपमा प्रहरीले एक जना महिलालाई भक्तपुरबाट पक्राउ गरेको छ।नवलपरासी बर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए।

उनले आफूलाई एक पुरूषले भक्तपुरको लोकन्‍थलीमा ल्याएर अचेत बनाएर बलात्कार गरेको भन्दै प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीमाथि अनुसन्धान हुँदा कुनै घटना नभएको डिएसपी पाण्डेले बताए।उनका अनुसार ती महिलाले पुरूषलाई फसाउने नियतले कपोकल्पित घटना बनाएर जाहेरी दिएकी थिइन्। प्रहरीले महिलालाई वृत्त ठिमीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। setopati.com

Leave a Reply