म्याग्दीको मंगला गाउँपालिका-५,किमचौरका रमेश बिक केही खर्च जुटाएर मुटुरोगी तीन वर्षीया आयन विकको उपचारका लागि काठमाण्डौ गएका छन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने विकसँग यातायात खर्च समेत नभएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले यातायात र बस्ने खर्च उपलब्ध गराएपछि अस्पतालसम्म पुगेपछि चिकित्सकले केहीदिनभित्रै अप्रेसन गर्नुपर्ने बताएका छन् ।

बेनी आवासीय माविमा सहयोगको रुपमा कार्यरत कल्पना विकले बिरामी छोरो काखी च्यापेर उपचारका लागि लाग्ने खर्चका बारेमा सोध्दा रमेशसँग जवाफ छैन् । बालकको समस्या र आर्थिक लगायतका कारणले कल्पना भक्कानिएर रुदाँ रमेश समेत भावुक हुन्छन् । मुटु बचाउँ अभियानले बाहिरबाट किन्ने उपकरण सहितका सुविधामा सहयोग तथा बालबालिकाको उपचारमा सरकारी सहयोग र अस्पतालको सुविधा बाहेकको खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको रमेशले बताए ।

‘यातायात खर्च समेत सहयोग मागेर आएको छु,‘अप्र्रेसनमा आवश्यक पर्ने रगत समेत बाहिर निजी अस्पतालमा किन्नुपर्ने रहेछ’ रमेशले भने । उनले अप्रेसनपछि नियमित औषधी, चेकजाँच तथा अन्य समस्या देखिएमा समेत खर्च लाग्ने भएकाले सहयोगको याचना गरेको बताए ।

‘एउटा छोराको उपचार गर्न नसक्ने अवस्थामा छु,‘केही सहयोग भएमा नियमित औषधी सहितको सेवामा सहज हुने थियो’ बिकले भने । बेनीमा आयोजित मुटु शिविरमा समस्या पहिचान भएपछि लगातार मुटु सुन्निएका कारण उपचारमा समस्या भएको थियो । लगातार मुटुमा समस्या देखिएपछि चिन्तित विकले उपचारमा सहयोग भएमा केही राहत महसुस हुने बताए ।

अस्पतालमा निशुल्क बाहेकका औषधी सहित अन्य आवश्यक उपकरणहरू बाहिरबाट खरिद गर्नुपर्छ । पीडित बालकलाई नियमित औषधी सेवन, चिकित्सकको सुझाव अनुसार मासिक, ३ महिना, ६ महिना र १ बर्ष तथा समस्या भएमा तत्काल अस्पतालमा जाने यातायात र होटलमा राख्ने खर्च मात्रै उपलब्ध भएमा सहज हुन्छ ।

सहयोगका तथा थप जानकारीका लागि
कल्पना विक :-9814105979
रमेश विकः 9816092507
बैंक खाता नं ०४९०१२००४२०९५८०००००१ सांग्रिला बैंक, पर्वतबेनी शाखा

 

 

Leave a Reply