हामी धेरै नेपालीको बानी अघाउँजी खाने छ, पुराना तथा पुनःप्रयोग गर्न मिल्ने खालका कपडा दराज,कुनाकाप्चामा राख्ने, भुई पुच्छने टालो बनाउने बानी छ। एकसरो कपडा, एक छाक खाना नपाएकालाई गाउँसमाजमा धेरै भएपनि कमैले सम्झिने बानी छ ।

यस्ता आनीबानीका बिच पछिल्लो समय मानवसेवामा सक्रिय रहेकाले भोकभोकै रहेका विपन्नलाई पेटभरी खाना र पुराना कपडा दान दिएर पनि धर्म कमाउन सकिन्छ भन्ने उदाहरणहरू अहिले समाजमा देखिन थालेका छन् । बेनी नगरपालिका वडा नं ७ ले म्याग्दी जिल्लामै पहिलोपटक आफूँले लगाएका पुराना तथा पुनःप्रयोग गर्न मिल्ने खालका कपडा संकलन गर्ने गरी बैंकको स्थापना गरेको छ ।

‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ सुरू भएको अभियानमा लगाइएका कपडामात्र नभएर कसैले नयाँ लुगा किनेर दिन सकिन्छ ।आफूँले लगाइसकेको तर प्रयोग गर्न मिल्ने खालका कपडा छन् भने कपडा बैंकमा ल्याएर जम्मा गर्न सकिनेछ भन्ने वडाको सन्देशमुलक अभियानलाई धेरैले प्रशंसा समेत गरेका छन् ।

कपडा आवश्यक हुनेले खुसी हुँदै लगिरहेको अवस्थाका दृष्यहरु देखिने गरी वडाले ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोगको अपिल समेत गरेको छ ।वडा कार्यालयले संकलन र वितरणको मापदण्डमा प्रयोग गर्न मिल्ने, एकपटक घरमै सफा गरेर मात्रै ल्याएको मात्रै लिने तथा दिनेको सूचना सार्वजनिक गर्ने र प्रयोगकर्ताको अभिलेख बाहेक सार्वजनिक नगरिने जस्ता विभिन्न मापदण्डले समेत अभियान अझै प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

वडाभित्र रहेको एउटा कोठामा स्ट्यान्डमा राखेर म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने गरी वडाका जनप्रतिनिधि, कर्मचारीले सुरू गरेको अभियानलाई सबैले साथ र सहयोग गर्न आवश्यक छ।

यो अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिब्यक्ति १ हजार सहयोग गरिसकेको छन् ।विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन निजकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट ब्यहोनु नपरोस् भन्ने उद्देश्यले भदौ महिनामै धेरे लत्ताकपडा संकलन गर्ने गरी जनप्रतिनिधि जुटेकाले घरमा कपडा यत्तिकै फाल्तु बसिरहेका कपडालाई सफा गरेर बैंकमार्फत् विपन्नलाई सहयोग गर्ने अभियानमा हातेमालो गरौं ।

देशका विभिन्न जिल्लामा यो अभियान चर्चा सहित सुरु भएपनि ब्यवस्थापन र निरन्तरताको अभावका कारण अलपत्र परेका धेरै उदाहरण भएकाले सहयोगको सदुपयोग गरी लक्षित समुदायमाझ पुग्ने गरी दिर्घकालिन योजना बनाउनेतर्फ समेत ध्यान दिन जरुरी छ । अभियान सुरू गर्ने तर बिचमै अलपत्र पार्ने प्रबृत्ति मौलाइरहेको बेलामा बेनीमा सुरू भएको यो अभियानले त्यसलाई गलत सावित गर्नुपर्छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply