राष्ट्रिय गौरवको बेनी जोमसोम सडकका सुपरभाईज ईन्द्रसिंह शेरचन सम्मानीत भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाले बुधबार शेरचनलाई सम्मान गरेको हो । अन्नपूर्ण गाउँपालिका अन्तर्गतका सडक मर्मत संम्भार, अलपत्र परेका यात्रुलाई उद्धार एवं घामपानी,बाढीपहिरो,दिनरात नभनी यात्रु उद्दारमामा खटिएका सडक सुपरभाईजर शेरचनलाई वडाध्यक्ष रमेश पुर्जा र वडासचिव अमृत नेपालीले प्रमाणपत्रसहित सम्मान गरेको हो ।

बेनी–जोमसोम मर्मतकार्य सडकमा हुने असहज परिस्थितीको निरन्तर सूचना प्रवाह गरी अतुलनीय सामाजिक भूमिका निर्वाह गरेवापत अन्नपूर्ण गापा–३ ले विशेष सम्मान गरेको गापाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए । यस्तै, अन्नपूर्ण–३ दाना म्याग्दीको सम्मान अघि सडक सुपरभाईजर शेरचनलाई थकाली सेवा समिति नेपालको १३ औं अधिवेशनले कोवाङमा विशेष सम्मान गरेको हो ।

सडक सुपरभाईजर शेरचन मुस्ताङी हुन् । उनी व्यवसायको क्रममा म्याग्दीको दानामा बस्दै आईरहेका छन् । विभिन्न निकाय यसप्रकार सम्मानले थप समाजिक कार्य गर्नमा उत्प्रेरित गराएको शेरचनले सम्मानपछि बताए । बर्खायामको मौसममा बेनी–जोमसोम सडकमा यात्रुलाई निकै सास्ती हुने गर्छ ।

सडकमा अलपत्र परेका यात्रुको उद्दार गर्नेदेखि सडक यातायात सहज गराउनले विगत ४ वर्षदेखि उल्लेखनीय भूमिका निर्वाह गर्ने गरेका छन् ।यसअघि मुस्ताङको सानुसरे पहाडमा तारा एअरको जहाज दुर्घटना हुँदा माउन्टेन रेस्क्यु टोलीसंगै उद्दारमा खटिएका थिए ।विपद् उद्दारमा अहोरात्र जुटिरहने शेरचनले बेनी–जोमसोम सडकमा भईरहेको गतिविधिहरु निरन्तर अपडेट गर्छन भने मिडियाहरुलाई समेत जानकारी दिने गर्छन्।

Leave a Reply