हाम्रो समाज, हाम्रो देशमा समयानुसार विभिन्नपर्वहरु मनाउँदै आईरहेका छौ। हाम्रो समाजकाप्रत्येका रश्म–रिवाज र पर्वले मनुष्यलाई सशक्तगर्ने तथा एक यस्तो समाजको निर्माणको प्रयासको भाव सृजना गरेको हुन्छ जहाँमनुष्यशारीरिक, मानसिक, पारिवारीक र सामाजिक रुपमाखुशहालएवं सुन्दर जीवनबनाउन सकोस्। विभिन्न चाडपर्वहरु मध्ये रक्षाबन्धन एक शुभधार्मिक तथा सांस्कृतिकपर्व हो।

रक्षाबन्धनपर्व एक धागोको पर्व भएतापनिशक्तिशालीपर्व हो। यदि यस पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट पालनागर्ने हो भने सबै मानवजातिलाई प्रेम तथाबन्धुत्वको भावनामाबाँधेर सूक्ष्म विकार रबाहिरी धोकाबाट बच्न सकिन्छ। रक्षाबन्धनपर्वश्रावण महिनाको पूर्णिमाको समयमामनाउने गरिन्छ। जुन

समयमाभगवानशिवभोलेनाथको विभिन्न स्थानमापूजा–आराधनाहुने गर्छ। हुन त यो पर्व अहिलेको सन्दर्भमाभाई–बहिनीको नातामामात्रसिमीतहुनपूगेको छ। वास्तवमामनुष्यविकार, आसुरी प्रवृत्तितथाव्यभिचारबाट मुक्तहुनको लागिपवित्रताको बलको आवश्यकता हुन्छ। जब मनुष्यले पवित्रतालाई छोडेर अपवित्रताको बाटोमा चल्दछ तब उसलाई अनेक कठिनाईहरु र समस्याहरुको सामनागर्नु पर्दछ। आत्माको असलीताकतपवित्रताहो। त्यसैले पवित्रताको सागर परमपिता परमात्माशिवको महिनामा नै रक्षाबन्धनपर्वको महत्वलाई जानेर मनाउने गरिन्छ।

स्थुल रुपमा रक्षाबन्धनको दिनमा ब्राह्मणले आफ्नायजमानहरुलाई वादिदिबहिनीले दाजुभाइलाई पवित्रधागो बाँधेर मनाउने गरीन्छ। तर यस पर्वको आध्यात्मिक रहस्यअलग्गै छ। यसको सहि तरिकाथाहापाउनाले मानबको सम्बन्धमाजतिपनिबाधावा समस्याहरु छन् तिनिहरुबाटमुक्तिपाउन सकिन्छ।

रक्षाबन्धनपर्वले मुख्य रुपमा ब्राह्मणहरुबाट मन्त्रउच्चारण गरी आफ्नायजमानमापवित्रताको याददिलाउँदै यजमानहरुको विभिन्नकिसिमकागरिबीएवं भाग्यहिनतालाई समाप्तपार्ने प्रयत्नगर्दछ। देवी इन्द्राणीद्वारा आफ्नापतिदेव इन्द्रलाई राखिबाँधेको कहानीपनि छ।

जुन समयमाइन्द्रदेवलेआसुरी शक्तिबाट हार खाएर आफ्नो स्वराज्यतथाधनसम्पत्तिलाई छोड्नुपरेको हुन्छ, त्यसै समयमावहाँकीपत्निइन्द्राणीले भगवानको सम्मुख रहेर पवित्रताको यादगार राखेर इन्द्रदेवलाई राखीबाँधिदिइन्, तब इन्द्रले आसुरी शक्तिलाई समाप्त गरी पुनः राज्यभागतथाधनसम्पत्तिलाई प्राप्तगर्नुभयो।

समय र परिस्थिति प्रमाण रक्षाबन्धनपर्व वर्तमान समयमा केबल साधारण रुपमाबहिनीले भाईलाई राखीबाँधेर तिलकलगाई मुख मिठो पार्ने रीतिरिवाजबनेको छ। यो रिवाजआजपनिएकदमै प्रचलित छ। रक्षाबनधनको अर्थ नै हुन्छ रक्षाको लागिबन्धन। वास्तवमाबन्धन कसैलाई पनिप्रियलाग्दैन। तर यहाँयसको अर्थ हुन्छ किआफ्नो अनेक आसुरी प्रवृत्तिहरुबाट रक्षाको लागिमर्यादाको बन्धनमाबाँधिनु, जसकाकारण हामीहरुलाई कैयौ प्रकारका समस्याहरुलाई सामनागर्नुपर्ने हुन्छ। वास्तवमा यो बंधननभएर स्वतनत्रताहो।

किनकीजो व्यक्तिआसुरी विकृत्तिहरुबाट मुक्त छ ऊ नै यो दुनियामा सबैभन्दा स्वतन्त्र हुन्छ। मनुष्यआत्मालाईआसुरी प्रवृत्तिबाट रक्षागर्ने तथा दैवीशक्तिहरुको आह्वानगर्नु नै रक्षाबन्धनको उद्देश्यहो। रक्षाबन्धनको प्रारम्भ यदिईश्वरीय सन्दर्भमा हेर्ने हो भने श्रावणमहिना परमात्माशिवको महिनाभनेर मानिन्छ।

यसमापनि रक्षाबन्धन पूर्णिमाको समयमामनाउने गरिन्छ। यसको अर्थ यहिहो कि स्वयं परमात्माले यो पर्वको प्रारम्भ गर्नुभयो।
रक्षाबन्धनपर्वले सबै मनुस्यलाई मन, बचन, कर्मबाट पवित्र रहनेको सन्देश दिन्छ किनकिपवित्रताधारणा गरेमाजीवनमा, परिवारमा, समाजमातथाविश्वमा सच्चा सुख, शान्ति मिल्दछ। पवित्रता नै सुख, शान्तिको जननीहो। भाइलाई राखीबाँधेमाजीवनमा शुद्ध, श्रेष्ठ विचार र नियममाचल्ने प्रेरणा मिल्दछ।

भाइहरुको सबै नारीहरुप्रतिबहिनीको नाता, स्नेह, प्रेम र सद्भावको निर्माण गराएमा नै वास्तवमा रक्षाबन्धनले सबैको रक्षागर्नेछ। हामी सबैको अन्तिम समयसम्म रक्षागर्ने सर्वशक्तिमान् परमपिता, निराकार ज्योतिबिन्दु शिव परमात्मा हुनुहुन्छ जसलाई यादगर्नाले स्वंयको कर्म पवित्र, श्रेष्ठ र सहज बन्दछ। रक्षाबन्धनको समयमाचंदन र सिंदूरको टीका लगाइन्छ।

यो टिकाले आत्मिक स्वरुपतथा गुण शक्तिको याद दिलाउँँछ। हामी सबै अजर, अमर, अविनाशीआत्माहौ। सबै आत्माभाइ–भाइहौ। पवित्रता, शान्ति, प्रेम, आनन्द यो हाम्रो धर्म हो। सबैलाई आत्मिक दृष्टिबाट भाइ–भाइको सम्बन्धबाट देख्नु नै प्रेरणाको टीका हो। मुख मिठो गर्नु, आफ्नो मधुर भाषा, श्रेष्ठ, दिव्यबनाउन रक्षाबन्धनको दिनमाभाइले बहिनीलाई दानदिने गर्दछन्।

यसको आध्यात्मिक अर्थ हो आफूमाजुनविकारी स्वभाव, संस्कार छ, यस्तो विकारको दान परमात्मालाई दिनु हो। जब यीपाँचविकारको दान दिइन्छ तब नै दुःख, अशान्ति, अपवित्रता जस्ता ग्रहणबाट मुक्ति पाइन्छ। त्यसैले भनिन्छ–“दे दानतो छुटे ग्रहण”।मानवमाआजपनिकाम, क्रोध, लोभ, मोह, अहंकार जस्ता पाँचविकार रहेका छन्।यीपाँचविकारहरुलाई समाप्तपार्ने शक्ति केबल परमपिता परमात्मासँगमात्र छ। त्यसैले वहाँलाई नीलकंठ, बिषहारीपनि भनिन्छ।

वर्तमान परिवेशमामानवियमूल्य र मर्यादाहरु छिन्न–भिन्नभईसकेका छन्। अपवित्रताको साम्राज्यहुनाको कारण चारैतर्फ हिंसा र व्यभिचारको बोलबाला छ। मनुष्यले मनुष्यको मर्यादालाई तोड्नमातत्पर बनेको छ। एकले अर्काको रक्षा त के अहिले मानवएकले अर्काको उन्नतीमाबाधा पु¥याइरहेको छ।

आजको समयमाकोहीपनि यो दानवप्रवृत्तिबाट सुरक्षित छैन। संसारमा सर्वश्रेष्ठ विवेकशिलभनेर जानिने वालामानवको राज्यमा यस्ता घटनाहरु घटीरहेका छन् किजसको कल्पनागर्न पनि कठिन छ। आतंकवाद, भ्रष्टाचार, हिंसा, बलात्कार, अत्याचार जस्ता भयानक कुकृतिहरुले सामाजिकव्यवस्थातथाएकताको सुत्रलाई खण्ड–खण्ड हुने गरी तोडिदिएका छन्।

यी सबै मानवियविकृतिहरुको दोषि स्वयं मनुष्य नै हो। आज न त सच्चा ब्राह्मण नै रहे, न त रक्षाबन्धनको शक्ति नै। त्यसैले अबपुनः समयको मागयहीहो कि रक्षाबन्धनको विधि–विधानअनुसार महत्वलाई जानेर यसलाई आफ्नो जीवनमा दृढ संकल्पद्वारा अपनाऔ तब नै हाम्रो भित्र लुकेर रहेकाती सबै आसुरी विकारहरुबाट रक्षाहुन सक्छ जसले हामीलाई नराम्रो कार्य गर्नमा प्रेरित गरीरहेका हुन्छन्।

पुनःभाई–बहिनीको पवित्रनातालाई पुनस्थापितगर्न, एक श्रेष्ठ र मुल्यनिष्ठ समाजको स्थापनागर्न, सद्भाव पूर्ण संसारको रचना, पुरा विश्वलाई एकताको सुत्रमाबाँध्ने तथा सर्व मनुष्यआत्माहरुलाई पवित्रताको संकल्पमाबाधेर सच्चा–सच्चा बा्रह्मण बनेर हरेकलाई यसप्रतिपहलगर्नुपर्छ भन्ने यस रक्षाबन्धनपर्वको ईश्वरीय सन्देश हो। परमात्माशिवपुनःअवतरीत भएर आफ्नो दिव्यकर्मद्वारा ईश्वरीय ज्ञान र राजयोगको ेशिक्षाबाट सच्चा–सच्चा ब्राह्मणहरुलाई रचना गरीरहनु भएको छ।

हामी सबै मनुष्यआत्माहरु एक शिवपिताको सन्तानआपसमाभाई–बहिनीहौ। त्यसैले हामीएकले अर्काको पवित्रताको रक्षाको लागि यस रक्षाबन्धनलाई आफू पवित्र रहने र अरुलाई पनिपवित्र रहनको लागि प्रेरीत गर्ने दृढ संकल्पका साथबाध्नु आवश्यक छ। अहिलेको समय परिवर्तनको समय हो। आसुरी दुनिया समाप्तभएर दैवीदुनियाआगमनको समय हो। त्यसैले हामी परमात्माले दिनुभएको पवित्रताको यस प्यारोबन्धनलाई बुझेर आफ्नो जीवनमाउतार्दै यसबाट एक यस्तो समाजको स्थापनामामददगार बनौ जहाँसिर्फ पवित्रनाताको साम्राज्यहोस्। यस दृष्टिकोणबाट रक्षाबन्धनपर्व मनाउनु आवश्यक छ, तब नै यसको सार्थकता हुन्छ।

अब स्वयं परमात्माले सबैलाई यो पवित्रताको सूचक राखीबाँध्दै हुनुहुन्छ। किनकि सृष्टि परिवर्तनको समयमाहाम्रो अगाडि महाभयंकर समस्याहरु, प्राकृतिकप्रकोप, विकारको प्रकोप, विज्ञानको विध्वंसक शक्तिआदिद्वारा समस्याहरु आउनेछन् त्यस समयमा स्वयंको तथाअरुको रक्षागर्नको लागिपवित्रताको बल हामीलाई आवश्यक पर्दछ। त्यसैले परमात्माले वर्तमान समयमापवित्रताको रस्सी बाँध्दै हुनुहुन्छ।

यसको साथै यस सृष्टिको भविष्यमाआउँदै गरेको सतयुगीदुनियामा देवता पद पाउनको लागिपवित्र रहनु अत्यावश्यक हुन्छ। यसप्रकारले पवित्रताको यादगार ‘राखी’बाँध्नाले हाम्रो रक्षा हुन्छ। यही ईश्वरीय सन्देशको साथमा सम्पूर्ण परमात्मा सन्तानदाजु–भाइ, दिदी–बहिनीहरुलाई रक्षाबन्धनपर्वको शुभकामना छ। हाम्रो यस ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयविगतलामो समयदेखि समाजकाविभिन्न क्षेत्रमा आबद्ध मानव समुदायलाई निमन्त्रण गरी रक्षासुत्र बाँध्ने र मुख मिठा गर्न प्रसाद(टोली) दिदै आइरहेको छ।

यस संस्थाले प्रहरी कार्यालय, कारागार, विभिन्नविद्यालय, सुधारगृह, बालमैत्री संघलगायतकाविभिन्न ठाउँमा गएर रक्षाबन्धनको आध्यात्मिक रहस्य सम्बन्धी सन्देश दिने र रक्षासुत्र बाँध्ने कार्य गर्दै आइरहेको छ।भौतिक दुरी जति नै लम्बियोस् तर आध्यात्मिक र भावनात्मक सम्बन्ध सधै नजिकिदै जाओस्, आपसीभाइचारा सधै गाँढा रहोस्– यिनै शुभभावनाका साथ यस पावनपर्व रक्षाबन्धनको समस्तमानवजनमाहार्दिक शुभकामनाव्यक्तगर्दछौ। यस पवित्र रक्षाबन्धनको पर्व केबल भाइ–बहिनीमामात्रसिमीतनभएर एक शुद्ध संकल्पको साथसर्व मनुष्यआत्माहरुका साथमाअतिहर्ष–उल्लास, खुशियालीमा यो पर्व मनाऔ।

ओम् शान्ति

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयएवं
राजयोग प्रशिक्षण केन्द्र
बेनी, म्याग्दी

Leave a Reply