शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा विश्लेषण गरी मंगलबार सार्वजनिक गरेको छ । राष्ट्रिय सुचाङ्क प्रणालीको आधारमा तय गरिएको ५ सूचकको आधारमा नतिजा मुल्याङ्कन गरी सार्वजनिक गरिएको हो ।

इकाईले सूचकको आधारमा स्तर निर्धारण गरी सार्वजनिक गरेको नतिजामा बेनी नगरपालिका–७, बेनीबजारस्थित बेनी सामुदायिक माविले ८०.१७ सहित प्रथम भएको छ भने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविले ७८.१९ सहित दोस्रो स्थानमा रहेको छ ।

औषत जिपिए बेनी सामुदायिक र ज्ञानप्रकाश माविको २.७० रहेको भएपनि ज्ञानप्रकाशले छात्रातर्फ सामुदायिकमा जिल्ला द्धितिय भएपनिर रजिस्टे«सन, आवेदन र सहभागी विद्यार्थी घटेकाले सम्रग जिल्लाभरी सामुदायिक तर्फ दोस्रो भएको छ ।

त्यस्तै सामुदायिकतर्फ अन्नपूर्ण गापा–६, घारस्थित मुक्तिमार्ग मावि ७६.९८, बेनपा–४ स्थित सरस्वती मावि ७६.३० र बेनपा–५ जनकल्याण मावि पुलाचौरले ७५.९५ टप ५ सामुदायिक विद्यालयभित्र परेको छ ।

जिल्ला सामुदायिक विद्यालयतर्फ सबैभन्दा कमजोर धवलागिरी गाउँपालिका–५,मल्कवाङको जनजागृति मावि भएको छ । म्याग्दीका कुल ७३ विद्यालय सहभागी रहेको एसईईमा जनजागृति मावि ७३ नम्बरमा रहेको छ भने धवलागिरी गापा-४ मुदीको बुद्धिविकास मावि र वडा नं ७ धारापानीस्थित किसानी मावि क्रमश ७२ र ७१ स्थानमा रहेको छ ।

राष्ट्रिय सुचाङ्क प्रणालीको आधारमा तय गरिएको ५ सूचकमा विद्यालयले प्राप्त गरेको कुल नतिजामा ६० अंक, नतिजाको औषत १० अंक, रजिस्टे«शन गरी सहभागी १० र आवेदन भरेका मध्ये कती सहभागी भएको १० अंक र विद्यार्थीको सहभागिता १० अंक रहेको इकाईका प्रमुख दल थापाले बताउनुभयो ।

‘नजिता कमजोर भएका विद्यालयको विगतमा पनि धेरै गुनासो थियो,‘ब्यवस्थापनमा भएको कमजोरीले विद्यार्थीको नतिजा खस्किएको छ’ प्रमुख थापाले भन्नुभयो । कमसल विद्यालयमा ब्यवस्थापन पक्ष, शैक्षिक जनशक्तीको अवस्था र विद्यार्थीको पढाईप्रतिको रुचीलाई मध्यनजर गरी थप योजना सहित अगाडी बढ्नुपर्नेमा इकाईको जोड रहेको छ। जिल्लाको औषत जिपिय २.३१ हुँदा ४५ विद्यालयको जिपिए औषतभन्दा तल रहेको छ ।

शैक्षिक सत्र २०७४, २०७५, २०७८ को नतिजा विश्लेषण गर्दा उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या क्रमश घट्दै गएको देखिन्छ । जिल्लामा ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या क्रमश २०७४, २०७५ र २०७८ मा क्रमश ४८, ३४ र २४ रहेको छ । जिल्लाभरको नतिजा हेर्दा न्यून जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या क्रमश बढ्दो रहेको छ ।

विद्यार्थीले प्राप्त गरेको GPA को आधारमा जिल्लाको नतिजा यस प्रकार रहेको छ ।

क्र सं सिम्बोल नंवर अल्फा जन्ममिति प्राप्त GPA विद्यार्थीको नामथर विद्यालयको नाम नतिजा
05102003 W 2061-12-12 3.95 BABLU SHAH लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लाप्रथम
05102021 O 2063-06-01 3.95 UTSAV SAPKOTA लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लाप्रथम
05101078 H 2062-03-10 3.90 AMIT SUBEDI न्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनी जिल्ला द्वितीय
05101078 H 2062-03-10 3.90 AMIT SUBEDI न्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनी जिल्लाद्वितीय
05100648 T 2062-08-18 3.85 UNIQUE SUBEDI बेनीआवासीय मावि बेनी ७ बेनी जिल्लातृतीय
05102002 V 2062-08-09 3.85 ASMI PARIYAR लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लातृतीय
05102004 X 2062-04-03 3.85 BIBASH KARKI लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लातृतीय

 

माध्यमिक शिक्षा परीक्षा २०७८ मा वढि विद्यार्थी सहभागीता गराउने आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

क्रसं कोड विद्यालयकोनाम ठेगाना सहभागी विद्यार्थी
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल १०४
५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी ९७
५१००१ श्रीजनप्रिय मा वि मालिकागाउँपालिका ६ दरबाङ ९३
५१००२ श्रीप्रकाश मा वि बेनीनगरपालिका ७ बेनी ९२
५१०२० श्रीराष्ट्रिय मा वि मालिकागाउँपालिका ३ रुम ६५

 

औसत GPA का आधारमा विद्यालयहरूको क्रम यस प्रकार रहेको छ ।

क्रसं कोड विद्यालयको नाम ठेगाना औसत  GPA
५१०६९ श्री लिटिलगार्डेन एकेडेमी बेनीनगरपालिका ८ बेनी ३.४९
५१०१९ श्री बेनीआवासीय मा वि बेनीनगरपालिका ७ बेनी ३.२४
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल ३.१०
५१०४३ श्रीगलेश्वर आदर्शआ मा वि बेनीनगरपालिका ९ गलेश्वर ३.०८
५१०३१ श्रीलोकदीप आ मा वि बेनीनगरपालिका ७ बेनी २.९९
५१०५२ श्री डनिङआ मा वि मंगलागाउँपालिका २ बावियाचौर २.८४
५१०६४ श्री बुद्वएकेडेमी बेनीनगरपालिका २ बगरफाँट २.७८
५१०७५ श्री जडभरत शालग्राम गण्डकी संस्कृत मा वि बेनीनगरपालिका २.७६
५१०३० श्रीमाउण्ट एभरेष्ट आ मा वि बेनीनगरपालिका ७ बेनी २.७२
१० ५१००५ श्री ज्ञानप्रकाश मा वि अन्नपूर्णगाउँपालिका ३ दाना २.७०
११ ५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी २.७०

जिल्लाको औसत GPA 2.31 हुँदा ४५ विद्यालयको GPA औसत भन्दा तल रहेको छ ।

सूचकका आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

संस्थागत तर्फ

क्रसं कोड विद्यालयकोनाम ठेगाना विद्यार्थीसंख्या
(रजिष्ट्रेसन)
विद्यार्थीसंख्या
(आवेदन)
विद्यार्थी
संख्या
एसइइ (उपस्थित)
कुलप्राप्ताङ्क
५१०६९ श्री लिटिलगार्डेन एकेडेमी बेनीनगरपालिका ८ बेनी २२ २२ २२ ५४.८२ ८.७३ १०.०० १०.०० ७.८६ ९१.४०
५१०१९ श्री बेनीआवासीय मा वि बेनीनगरपालिका ७ बेनी २२ २२ २२ ५१.०० ८.१० १०.०० १०.०० ७.८६ ८६.९६
५१०४३ श्रीगलेश्वर आदर्श मा वि बेनीनगरपालिका ९ गलेश्वर ५६.२५ ७.७० १०.०० १०.०० २.८६ ८६.८१
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल १०५ १०५ १०४ ४९.१५ ७.७५ ९.९० ९.९० १०.०० ८६.७१

 

सामुदायिक तर्फ

५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी ९७ ९७ ९७ ४३.४२ ६.७५ १०.०० १०.०० १०.०० ८०.१७
११ ५१००५ श्री ज्ञानप्रकाश मा वि अन्नपूर्णगाउँपालिका ३ दाना ३४ ३० २९ ४३.२४ ६.७५ ८.५३ ९.६७ १०.०० ७८.१९
१३ ५१००४ श्रीमुक्तिमार्ग मा वि अन्नपूर्णगाउँपालिका ६ घार २१ २१ २१ ४२.८६ ६.६३ १०.०० १०.०० ७.५० ७६.९८
१४ ५१०६५ श्रीसरस्वती मा वि बेनीनगरपालिका ४ तातोपानी २० १९ १९ ४३.२६ ६.७५ ९.५० १०.०० ६.७९ ७६.३०
१५ ५१०४० श्रीजनकल्याण मा वि बेनीनगरपालिका ५ पुलाचौर ३५ ३५ ३४ ४०.२४ ६.२८ ९.७१ ९.७१ १०.०० ७५.९४

 

शैक्षिक सत्र २०७४, २०७५ र २०७८ को नतिजा विश्लेषण गर्दा उच्च GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश घट्दै गएको देखिन्छ । 3.6 देखि 4 GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश २०७४, २०७५ र २०७८ मा ४८, ३४ र २४ रहेको छ । न्यून GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश बढ्दो रहेको छ ।

 

 

 

Leave a Reply