पश्चिम म्याग्दी हुदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च बर्षा भएपछि नदीमा बाहव बढेपछि तटिय क्षेत्रका बासिन्दाहरु चिन्तित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।

बावियाचौर आसपासको तटिय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुन समेत अपिल गरिएको छ ।त्यस्तै मुस्ताङ हुदै बग्ने कालिगण्डकी नदीको माथिल्लो क्षेत्रमा सतह शनिबारको तुलनामा बाहब बढेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

जिल्ला विपद् ब्यवस्थापन समिति यसअगाडी जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क ब्यक्ति खटाउने बताएपछि हालसम्म कार्यान्वयनमा आएको छैन् ।

नदीको तटिय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटिय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क ब्यक्ति खटाउने निर्णय गएको जेठ २४ गते भएको थियो

Leave a Reply