पछिल्लो २५ दिनदेखि पानी नपर्दा कपिलवस्तुका कृषकहरुले खेतमा रोपेको धान डढ्न थालेको छ। गत असर १५ र १६ गते पानी परेपछि कृषकहरुले धमाधम रोपाइँ गरेका थिए। सिंचाइ सुविधा हुने कृषकले त्यस अघि नै रोपाई गरेको थिए।

सिंचाइ सुविधा भएका बाणगंगा, बुद्धभूमि बाणगंगा नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकाका कृषकहरुले खेतमा ७० देखि ९० प्रतिशत रोपाइँ सकेका छन्। पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छन्। यस्तै पानी र सिंचाइ अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाइँ हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।

लामो खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि कपिलवस्तुका कृषकहरु चिन्तित बनेका छन्। मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन्। यो वर्ष धान उत्पादन घट्ने कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुज मणि त्रिपाठीले बताए।

‘सिंचाइ सविधा हुने कृषकले असार १५ अघि नै रोपाइँ सकेका थिए, असार १५ र १६ गते पानी परेपछि धेरै कृषकले धानको ब्याड हाल्ने र रोपाइँ गर्ने काम गरे’ उनले भने ‘लामो खडेरीले खेतमा धुपा परको छ, रोपा धान जति डढ्न थालेको छ।’ यस्तै अवस्था रहे धान खेत पुरै नष्ट हुने सम्भावना बढेको उनले बताए।

‘जिल्लामा सिंचाइको सुविधा नै छैन, सीमित सिंचाइ आयोजना सञ्चालनमा छन्’ उनले भने ‘लामो खडेरीमा पम्पसेटले कति धान्ने।’ तौलिहवाका कृषक घाउ राका यादवले मलको अभावबीच पम्पसेटले पानी तानेर लगाएको धान खेत अहिले भने सुखेर डढ्न थालेको बताए। ‘भाडमा पम्पसेट लिएर धान बल्लतल्ल रोपाइँ गरेको थिए, लामो खडेरीले पानी जति सबे सुक्यो खेत धाजा परेर फुटेका छन्’ उनले भने।

लगानी जति सबै खेर जाने चिन्ताले पिरोलिएका कृषक घाउराका यादव अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। लामो समयदेखी पानी नपरेपछि रोपिएको धान खेती नष्ट हुन थाले पछि घाउराका यादव जस्तै कपिलवस्तुका अधिकांश कृषकहरु चिन्तामा छ। कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रबिन्द्र चौबेले लामो सयमको खडेरीले धान खेतीमा ठूलो असर गरेको बताए।

उनका अनुसार जिल्लामा अहिलेसम्म ६० प्रतिशत रोपाइँ सकेको र ४० प्रतिशत बाँकी रहेको छ। ‘पानी नपरेर यस्तै अवस्था रहे धान खेतीमा ठूलो असर गर्छ उत्पादन धेरै घटछ।’ जिल्ला कै प्रमुख बालीमा अहिले खडेरीले गर्दा किसानहरुले ठूलो नोक्सानी व्यहोर्ने  देखिएको उनले बताए। उनका अनुसार जिल्लामा बाहै मासे जम्मा २० प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा रहेको छ।

जिल्लाका अधिकांश कृषकहरु आकाशे पानी कै भरमा खेती गर्छन्। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। जसबाट प्रति हेक्टर ३ दशमलव ९ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने गरेको छ। गतवर्ष पनि कृषकहरुले बेमौसमी वर्षाले धान खेतीमा ठूलो नोक्सानी व्यहोरेका थिए। सरकारले त्यसको क्षतिपूर्तिका लागि लगन संकलन गरे पनि हालसम्म उपलब्ध नगराएको कृषकहरुको गुनासो छ।

Leave a Reply