मौसमविद्हरुले मनसून निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिनयता मनसून निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन् ।

मनसून निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ । उनले मनसून न्यून चापीय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताइन् । उनले भनिन्, ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्याधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शितल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो ।’

उनले थप भनिन्, ‘तापक्रम बढको महशुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शितल अनुभव गर्नसक्छौँ । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यूनचापिय रेखा यो माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ ।’

उनले केही दिनभित्रमै मनसून सक्रिय भएर वर्षा हुने बताइन् । हाल मनसून सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताइन् । हाल मनसन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताइन् । उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन् ।

उनले भनिन्, ‘देशभर मनसुनको अवस्थाको कुरा गर्दाखेरी तत्काललाई मनसून ट्रफ नर्मल पोजिशनमा छ । दक्षिणतिर नै रहेको थियो । त्यसले गर्दाखेरी अलिकति नेपालमा ब्रेकको जस्तो स्थिति देखिएको थियो । अब यो एक, दुई दिनमै मनसून ट्रफ बिस्तारै माथि सर्ने सम्भावना धेरै छ । त्यो सम्भावना सँगसँगै देशभरी वर्षाको अहिले जुन रोकिएको क्रम छ, वर्षा फेरी देशभरी नै धेरैजसो स्थानहरुमा पर्ने सम्भावना रहन्छ र अहिलेको कुरा गर्दा नेपालमा लगभग ब्रेककै स्थिति हो मनसुनको ।’

उनले थपिन्, ‘मनसुन भन्ने बित्तिकै फेरि सबै दिनमै वर्षा हुन्छ भन्ने हुँदैन । एक्टिभ फेज हुन्छ अनि ब्रेक फेज हुन्छ । यो ब्रेकफेजमा के भयो भन्दाखेरी धेरै वर्षा हुने बेलामा नै वर्षा नभएको फेरि धान रोपिरहेको स्थिति हुँदाखेरी धाँजाहरु धेरै ठाउँमा फाटेको स्थिति पनि आएको छ । विशेषगरी तराईतिर यो देखिएको तस्वीरहरु देख्न पाइएको छ ।’मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् ।

Leave a Reply