चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि नेपाली पर्यटन दूतमा म्याग्दीका प्रकाश पुनलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट लामो समयदेखि हङकङमा ब्यापार तथा मानवीय सेवामा सक्रिय पुनलाई नेपाल सरकाले पर्यटन प्रतिनिधि बनाएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संस्थापक अध्यक्ष, म्याग्दी विकास मञ्चका अध्यक्ष, हङकङ नेपाल ब्यापार संघको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध पुन दुईदशकदेखि नेपालको कला र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको छ ।

हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु भएको अवस्थामा पर्यटन दूतको रुपमा रही आफ्नो देशको पर्यटन प्रवर्द्धनको लागि केही गर्न सकिने पुनको भनाई छ । ‘यो जिम्मेबारीले नेपाल सरकारको जिम्मेबारीबाट उत्साहित छु,‘नेपाली पर्यटनको विकासका लागि सरकारसँग हातेमालो गर्न सहज हुन्छ’ पर्यटन दुत पुनले भन्नुभयो । उहाँले आफ्नो गृहजिल्लाको पर्यटन विकासमा समेत सक्रिय हुने बताउनुभयो ।

यसअगाडी पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पुनले गृहजिल्ला म्याग्दीको बेनी नगरपालिकासँग समेत भगीनी सम्बन्ध स्थापना गर्नका लागि प्रयास गरेको बताउनुभयो । बेनी नगरपालिका–७, बिरेन्द्रचोक निवासी पुनले सन् २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुनुभएको थियो ।

Leave a Reply