लाग्दछ उनी नाँच्न कै निम्ति जन्मेकी हुन् । “.मेरो छोरी सानू छँदा सल बेरेर ढोका थुनेर नाँच्ने पनि प्रतिस्पर्धा गर्दै कहिले प्रथमकहिले दोस्रो हुँदैछ ..“ उनको बाल्यकाल सम्झदै बुबा दमन थापा मगर लेख्छन् । नौ महिना कोखमा राख्दा आमा पार्वती थापा मगरलाई पनि सायदै थाहा थियोे कि उनको कोखमा एउटा सफल कलाकारले जन्मलिदैछ । माथि चर्चा गरिएको पात्रको नामहो–मिलन थापा मगर ।

मिलन त्यत्तिकै यस स्थान सम्म आएका भने पक्कै होइनन् । सानोमा उनलाई विद्योदय माविमा तीन कक्षासम्म अध्ययनगर्ने मौका मिल्यो । पछि फेरि न्यु धौलागिरी पात्लेखेत ईङ्गलिस बोर्डिङ स्कुलमा दोहेर्याएर नर्सरी कक्षामा भर्ना भै पाँचकक्षा सम्म अध्ययन गरे । कक्षा छ देखि दस भने वेष्ट पोईन्टमा अध्ययन गरि एसइई उत्तीर्ण भईन ।

एसईई उत्तीर्ण लगत्तै बुबाआमाको सपना पूरा गर्न र फुपु मिना थापा मगरको जोडबलमा पोखरामा ए लेभलभर्ना त भए तर विविध कारणले पढाई पुरा हुन सकेन । लगत्तै लगडाउनभयो । एकातिर अध्ययन अपुरो अर्काेतिर आफू भित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने अवसरको खाँचो ! “तीदिनहरु मेरा लागिनिकै कठिन थिए ।“उनी भावुक हँुदै सम्झन्छन् ।

तर अजिङ्गरको आहार दैवले जुराउछ भने झै उनले टिकटकलाई साहारा बनाईन । समय कटाउन र रहरको लागि बनाउन लागेको टिकटक तर परिवार र आफन्तले नवनाउन दवाव दिए, राम्रो रुपमालिएनन् । उता टिकटकमा दिनहुँ फ्लोवर्स, भ्यु, लाईक र कमेन्ट बढ्दै जादाउनमा भने थप हौसला मिलिरह्यो । ख्यालख्यालमा जोर्निया नामबाट शुरु गरेको टिकटक एकाउन्ट छोटो समयमै 251.8 K प्फ्लोवर्स र 5.8 M भ्यु पुग्नु चानचुने कुरा पक्कै होईन ।

समयक्रममा म्युजिक भिडियो खेल्ने प्रस्ताव आयो तर परिवारले अनुमति दिएनन् । “परिवारले नमान्दा नमान्दै एउटा म्युजिम भिडियो खेले पनि!“विगतलाई भावुक हुदै सम्झन्छन् उनी । यसै बिच म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा विज्ञान विषयलिएर प्लस टु पढ्न भर्ना भए ।

एकातिर विज्ञान पढाइ अर्कोतिर टिकटकमा रुचि । संगै अघि बढाउन कठिनाइ थियोे नै । यसै बिच फेरि दोस्रो लगडाउन भयो । लगडाउन कै अवधिमा विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत टिकटक प्रतियोगिता राखेको थाहा पाए । साथीभाइ बीच टिकटक क्वीनले परिचित उनले भागनलिने कुरै भएन । द्वितीयहुन सफल पनि भए ।

यसै बिच उनीगाउँ ठाउँमा हुने मेला,पर्व, महोत्सव, भैलीहरुमाआफ्नो नृत्य कौशल प्रस्तुतगर्ने मात्र होईन प्रतियोगितामा भाग लिएर पुरस्कृत र सम्मानित हुने मौका मात्र मिलेन कतिपय स्थानमा त नृत्य प्रशिक्षण गर्ने र निर्णायकको भुमिका निभाउने समेत अवसर मिल्यो । विद्यालयबाट धेरै ठाउँमा नाचेर पुरस्कृत भएपनिव्यक्तिगत रुपमापहिलो पटक भकिम्लीको पानिसरामा प्रथम भए पछि उत्साहित भएको उनी बताउछिन ।

उनीमा भएको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने अवसर त्यति बेला मिल्यो जब प्रकाश माविमा शुक्रवारिय कार्यक्रम अन्तर्गत लोक नृत्य प्रतियोगितामा भाग लिएर प्रथम भईन । हिजोसम्म विज्ञानको गह्रौं किताब बोकेर भ्याकुता चिर्ने टिकटके केटी सबै सर मिसको मन जित्न सफल भए ।

सन्जोग पनि कस्तो , लगत्तै घतान सेवा समाजकतारले गलेश्वर माविको समन्वयमा जिल्ला स्तरीय अन्तर माविलोकनृत्य प्रतियोगिताको आयोजन ाग¥यो । नृत्य शिक्षकशान्ति रामदाम हर्मेलले मिलन लाई छनौट नगर्ने कुरै भएन साथमा छानिए–सृजना के.सी, निसाकिसान, सुमीतवि. क. , रामवि.क. र श्यामतामाङ ।

शुरु दिन सम्झदै मिलन भन्छन्–नाँचसिकाउने भन्दै म्याम आउनु भयो । मलाई त लागेन कि म्यामनाँच्नु हुन्छ र सिकाउनु हुन्छ । जब नाँच्न थाल्नु भयो म त हेरेको हेरै भए । त्यतिहल्ला नाँच्नु हुदो रहेछ । खत्राखत्रा स्टेप निकाल्नु हँुदो रहेछ । सजिलै सिकाउने खुवी । बल्ललाग्यो हामी त काँचै रहेछौं । जसरी हामीलाई तिखार्नु भयो त्यसको लागिधन्यवादको पात्र हुनुहुन्छ– शान्ति म्याडम ।

तर अफसोच, कोरोना महामारीको कारण प्रतियोगिता स्थगित भयो । करिब करिव आधा तयारी भएको नृत्य अलपत्र प¥यो। यसै बिच जिल्ला स्तरीय प्रतिभा पहिचान प्रतियोगिताले मिलनको भाग्य परीक्षा लिने भयो साथमा नृत्य प्रशिक्षक शान्ति मिसको पनि । अथक मेहनतले नृत्य तयार भयो–मेरो मनै नेपाली छ, मेरो तनै नेपाली छ … । “धेरैलाई नृत्य सिकाए “ शान्तिमिस थप्छन् –“सम्झन लायक थोरैमा पर्छन् मिलन ।

समयको परिपालना, अनुशासित, सहयोगी, व्यवहारिक, सिक्न ईच्छुक, ठुलालाई सम्मान, नम्र बोली , स्टेप सजिलै टिप्न , नटिपे सम्मनिरन्तर प्रयास गर्ने , नाच्ने भनेपछि जस्तो सुकै परिस्थितिमातयार हुने लगायतथुप्रै गुण छ मिलनमा जस्ले उनलाई भविष्यमा एक न एक दिन सफल जरुर बनाउछ ।“

“भिडियो खिच्दा नै लागेको थियोे कि यो नानीमा अद्भुत कला छ“–पुराना नृत्य प्रशिक्षक सञ्जयकुमार श्रेष्ठ थप्नु हुन्छ–“पुरस्कृत भएपछि पसल मै आएर सुनाईन्, धन्यवाददिईन । पोखरा जादापनि भेटेर जान्छु भनिन, मैले सफलताको शुभकामनादिए । यस्तो संस्कार अहिलेको पुस्तामाविरलै पाइन्छ ।“

तत्कालीन सहायक प्रअ लेखबहादर हमालथप्नु हुन्छ–“ प्रथम हुने अपेक्षागरि भिडियो पठाएका थियौं नभन्दै प्रथमभयौ । खुशीको सिमा नै रहेन ।“ “पढाइमा अब्बल र अनुशासित भएको कारण बिच्छा राम साहिला मुखिया छात्रवृत्ति प्रदान गरिएको थियो, जुनअहिले सार्थक भयो “ जिल्ला र विद्यालयको नाम राखेकोमा मख्ख पर्दै ११÷१२तह संयोजक कविराम थापाले सुनाउनु भयो ।

जिल्ला प्रथम संगै दुविधा पनि उत्पन्नभयो । घतानमा रोकिएको नृत्य पनि फागुन बीस, मिलन गण्डकी प्रदेशमा नाच्नजाने पनि फागुन बीस । रुनु हाँस्नु बनाएको थियोे नृत्य प्रशिक्षण शान्ति मिसलाई । तर भगवानले सुने । पोखराको कार्यक्रम स¥यो । उच्च मनोबलका साथ प्रथमहुने अर्जुन दृष्टि बुनेर पुगेको प्रकाश मावि टोली प्रथम भएरै छोड्यो । घतानका पेश गरेको आत्म विश्वास र विद्यालयमा भएको सम्मानको हौसलाले उत्साहित मिलन अब पोखराका प्रथमहुने दृढ संकल्प थियो ।

विरामी ज्यान, निम्स र विरेनुन पान ीखाएर भएपनि मिलनले आफ्नो शतप्रतिशत प्रस्तुती दिए । तर अफसोच द्वितीय भएको घोषणाले शान्ति मिस र मिलनले आँसु थाम्न सकेनन् । “सबैको नृत्य नजिकैबाट हेरेको हो । “ पुर्व शिक्षक भमाया रन्तिजा थप्नु हुन्छ–“निष्पक्ष रुपमाभन्नू पर्दा मिलन फष्ट हुन्छ जस्तो लागेको थियो , जुन घोषणाको क्रममा निर्णायक संयोजकले पनिव्यक्तगर्नु भएकै हो ।“

खैर प्रतियोगिता हो कहिले हार कहिले जित हुन्छ नै । यो अवस्थामा आईपुग्दा बुबाआमा संगै घर परिवार, दंग परेकी बज्यै बेल मति थापा, भाइदिवान, जन्म भुमि पात्लेखेत, नि. प्र.अ. लेख बहादुर हमाल सहित विद्यालय परिवार, शिक्षाविकास तथा समन्वय ईकाई म्याग्दी र ईकाई प्रमुख दल थापासर, नृत्य प्रशिक्षक,शान्तिम्याम, अतिरिक्त क्रियाकलाप संयोजक विनय सर, सांस्कृतिक संयोजक कृष्णकला मिस, विमलामिस, भमायामिस, सञ्जयसर, सपनामिस, सहयोगीहातहरु, टिकटक फ्लोअर्सहरुलाई धन्यवाद दिन उनले कहिल्यै बिर्सिदैनन् ।

शुरुका दिनहरुम ाखासै सपोर्ट नपाएका मिलन र हिजोका दिनहरुमा टिकटक बनाउदा गालीगर्ने परिवार अहिले मख्ख छन् । सपोर्ट गर्न थालेका छन्असल र सफलमानिस बन्ने सपना संगै मेडिकल पढेर विरामीको सेवागर्ने लक्ष्त बुनेकी मिलन एक दिन सफलता भने पक्कै चुम्ने छिन ।

ADV

Leave a Reply