म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको छ । हिमाल आरोहणको सिजन सुरू भएसँगै धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणको लागि १३ जना विदेशी आरोहणी सहितको टोली प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक टे«किङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन ब्यवसायी एवम् सामान ढुवानीकर्ता इन्द्रसिंह शेरचनले बताए ।

‘सिजनकै सुरुमा यो राम्रो संकेत हो,‘कोरोनाको बिचमा पनि आरोही आउन थालेका छन्,‘अहिले हेलिकप्टरबाट समान ढुवानी भइरहेको छ’ शेरचनले भने । ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांस पैदलमार्ग हुनै बेसक्याम्प सम्म पुग्ने गरेका छन् । धौलागिरी हिमाल रघुगंगा गाउँपालिकाको सिमानासँग समेत जोडिएको भएपनि आरोहीको सिधा रुट नै मुदी लगायत आसपासका क्षेत्र हुदै बेसक्याम्प नै पुग्ने गर्दछन् ।

छिमेकी जिल्ला मुस्ताङबाट समेत हिमालमा पुग्ने गरिएपनि आरोहणका लागि पश्चिम म्याग्दी हुदै आधार शिविरमा सजिलो र सुन्दर रुट पर्छ । सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरीको आरोहण गरेका थिए । कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन ब्यवसायी समेत उत्साहित भएका छन् ।

स्थानीय भुधरातालमा भएको अग्लाईको आधारमा धौलागिरी जस्त अर्को हिमाल विश्वमै नभएकाले पनि आरोही आर्कषित हुने गरेका पर्यटन ब्यवसायीको भनाई छ । ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल कालिगण्डकी गल्छीको वारीपारी रहेकाले पनि पर्यटकलाई अवलोकन तथा आरोहणको रोजाईमा पर्छन् । म्याग्दीमा रहेको हिमालको रोयल्टीको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ । आरोहीहरूले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण वापतको रोयल्टी तिर्नुपर्ने हुन्छ।

त्यस्तै उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमालको अवलोकनका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । त्यस्तै धवलागिरी गाउँपालिकामा रहेको गूर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च समेत ठूलो भएपनि जिल्लामा त्यसको फाईदा पुग्न सकेको छैन् । धवलागिरी गाउँपालिक वडा नं १ मा अवस्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गूर्जामा आरोहीको चहलपहल हुन सकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन् ।

Leave a Reply