नेपाली मौलिक लोक नृत्यको संरक्षण तथा प्रर्बधन गर्ने उद्देश्यले घतान सेवा समाज दोहा कतारले शुक्रबार बेनी नगरपालिका-९, तोरिपानीमा अवस्थित गलेश्वर माविमा आयोजित अन्तरमावि स्तरीय लोक नृत्य प्रतियोगीतामा प्रकाश मावि बेनी प्रथम भएको छ ।

घतानबाट रोजगारको सिलसिलामा कतार पुगेका घतानबासीको साझा संस्था समाजले ‘नयाँ पुस्ताको चाहना, कला संस्कृतिको जगेर्ना’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा गलेश्वर मावि तोरिपानी द्धितिय, न्यू वेष्ट पोइन्ट आवासीय मावि तृतिय र बेनी सामुदायिक माविले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेताले क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभरबाट १५ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्धघाटन गदैं विस्तारै समुदायबाटै लोप हुने अवस्थामा पुगेको लोक नृत्यको जर्गेनामा प्रवासमा रहेका घतानबासीको प्रयास प्रशंसनीय रहेको बताए ।

प्रतियोगितामार्फत लोक संस्कृतिको जर्गेनाका साथै विद्यार्थीको प्रतिभा समेत पहिचान भएको थापाको भनाई थियो ।नयाँ पुस्तालाई मौलिक लोक संगीत र नृत्य हस्तानतरण गर्न चुनौती खडा भएको अवस्थामा समाजमार्फत प्रतियोगिताको आयोजना गरिएको समाजका महासचिव रामकृष्ण शर्माले बताए ।

कार्यक्रममा समाजको प्रगति प्रतिवेदन पूर्व सचिव बलबहादुर केसीले गरेका थिए । भेषभुषाले नृत्यमा विशेष महत्व राख्ने भएकाले प्रतियोगिताको गलेश्वर मावि तोरिपानीले ब्यवस्थापन गरेको थियो भने प्रतियोगीताको निर्णायकमा हरि सुवेदी, होम गुरुङ र भुपेन बानियाँ रहेका थिए । प्रतियोगिताले समाजमा उत्तेजना फैलाउने नृत्यले व्यापकता पाएको अवस्थामा विद्यार्थीलाई लोक नृत्यमा आर्कषित गर्ने अपेक्षा गरिएको बताउँदै भविस्यमा पनि विभिन्न कार्यक्रम गरिने समाजका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

सभापति घतान समाज सेवाका पूर्व अध्यक्ष राजाराम सुबेदी, स्वागत मन्तब्य गलेश्वर माविका प्रअ गणेशबहादुर बानियाँले स्वागत र सञ्चालन शिक्षक तेजबहादुर राई र मुकुन्द रेग्मीले सञ्चालन गरेका थिए । समाजमार्फत विपन्नको उपचार, बाढीपहिरो पीडित, आगलागीबाट पीडित लगायत विभिन्न सामाजिक कार्यमा सहयोग हुदै आएको छ ।

Leave a Reply