नेकपा एमाले निकट व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बेनी नगरकमिटिको अध्यक्षमा भोज बहादुर रिजाल चयन भएका छन् ।  शुक्रबार एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित नगर भेलाले उपाध्यक्षमा तुल प्रसाद श्रेष्ठ, स्वचन्द्र रोका, सचिवमा ईश्वर भण्डारी, कोषाध्यक्षमा हरि रिजाल, उपसचिवमा याम बहादुर बानीयाँ र सह कोषाध्यक्षमा मञ्जु बानीयाँ चयन गरेका हो ।

त्यस्तै सदस्यहरुमा विपिन श्रेष्ठ, चुडामणि आचार्य, राज कुमार श्रेष्ठ, कमला बोहोरा, कुल बहादुर बानियाँ, सागर तिमिल्सीना, मैना बानीयाँ र ईश्वर पौडेल चयन हुनुभएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला सचिव राजु बानियाँले बताए ।

महासंघ जिल्ला कमिटिका अध्यक्ष नारायण शर्माको अध्यक्षता र सचिव राजु बानीयाँको संचालनमा सम्पन्न भएको कार्यक्रममाकार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज कुविर कुुमार श्रेष्ठ,नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, जिल्ला कमिटि सदस्य तथा उद्योग व्यवसायी फाँट प्रमुख वेल बहादुर कटुवाल, जिल्ला कमिटि सदस्य उत्तम कर्माचार्य, महासंघका केन्द्रिय सदस्य दिल कुमार श्रेष्ठ, चन्द्र कुमार केसी, नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतम, सचिव सुवास बिश्वकर्मा लगाएतले मन्तव्य राखेका थिए ।

Advertisement

Advertisement

Leave a Reply