म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माणको कार्यले गति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका-५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम भइरहेको छ ।

परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर पार्कको काम अगाडी बढेको हो ।

काठमाण्डौमा रावणको मुर्ति बनाउनेसँगै पौलस्त्य पुहल आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरू भएको छ । मेयर हरिकुमार श्रेष्ठका अनुसार रावणको जन्मस्थल भएकाले आवश्यकता अनुसारको पूर्वाधारका लागि क्रमागत रूपमा निरन्तरता दिइने छ ।

पूर्वाधारका लागि काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गरिने छ ।

पर्यटन मन्त्रालयले र्२ करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको थियो । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन घेरावार सहितको संरचनाको काममा मजदुर खटिएका छन् ।

डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाइने नगरपालिकाले जनाएको छ । २३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा हाल विनियोजित बजेटबाट प्राथमिक पूर्वाधारमा खर्च गरिएको छ ।

रावण पाक बन्ने भएपछि स्थानीयबासी समेत उत्साहित भएको ’स्थानीय सन्तोष परियारको भनाई छ । यो बेनी नगरपालिकाको गौरवको योजना भएकाले समेत समयमै सम्पन्न गर्न नगरपालिकाले समेत नियमित अनुगमन सहित आवश्यक प्रक्रियामा सहज बनाइरहेको छ ।

रामायणमा ‘खल’ पात्र बनाइएका रावणको जन्मभूमि मानिएको एवं हिन्दुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्ये मानिन्छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ । रावण पार्कले श्रीलका, भुटान र दक्षिण भारतका हिन्दु धर्मालम्बीलाई आर्कषित गर्ने धार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।

 

Leave a Reply