म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११ वटा डस्विन बाल्टी र विभिन्न विद्याका डेढ सय बढी पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा रहेका सबै कक्षाकोठाका लागि डस्विन र पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो । विद्यालयको कक्षाकोठाबाट निस्कने फोहोर व्यवस्थापनमा प्राप्त भएका डस्विनहरुले सहयोग पुग्ने भन्दै सरसफाई सामाग्री र पुस्तकहरु सहयोग गरेकोमा विद्यालयका अध्यक्ष सुवेदीले म्याग्दी जेसीजलाई धन्यबाद दिँदै आगामी दिनमा समेत यस्तै रचनात्मक कार्यहरु गर्न आग्रह गर्नुभयो ।

शिक्षामा म्याग्दी जेसीजको हातेमालो कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयमा सरसफाई सामाग्री र विभिन्न विद्याका पुस्तकहरु सहयोग गर्ने योजना गरेको जनाइएको छ । म्याग्दी जेसीजका उपाध्यक्ष विनोद घर्तिको स्वागत र प्रअ ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दी जेसीजले शनिवार बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहासिक धार्मिक पर्यटकयि स्थल ढोल्ठानमासूचनामुलक बोर्ड स्थापना गरेको थियो ।

Leave a Reply