१७ वर्षीया बालिकाको गर्भपतन गराउने डाक्टर र साक्षी बस्ने पीडितका बुबालाई जिल्ला अदालत म्याग्दीले एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश तेजनारायण पौडेलको पुस २६ गतेको इजलासले घटनामा संलग्न नवलपरासी रामग्राम–४, घर भई पोखरा महानगरपालिका–८, स्थित उपचार स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका ५१ वर्षीय डाक्टर राजेन्द्रकुमार चौधरी र गर्भपतन गराउँदा साक्षी बसेका ६६ वर्षीय बुबालाई एक वर्ष कैद सजाय र ०७६ फागुन २ गते पोखराको क्लिनिकमा बालिकाको गर्भपतन गराएको आरोपमा १ वर्ष कैद र ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार तेजप्रसाद पौडेलले बताउनु भयो ।

पीडितलाई त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय जनकबहादुर पुनले ०७६ साउन २९ गते बलात्कार गरी फागुन २ गते पोखरामा लगेर जबरजस्ती गर्भपतन गराएको भन्दै पीडितले आरोपितविरुद्ध फागुन ७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो । श्रेष्तेदार तेजप्रसाद पौडेलका अनुसार मुख्य आरोपितको कसुर कायम भएको भएपनि अर्को पेशीले सजाय निर्धारण गर्नेछ । जिल्ला न्यायाधिवक्ता प्रकाश कोइरालाका अनुसार १७ वर्षीया बालिकालाई तिमी नाबालिका भन्दै बुबालाई बोलाएर साक्षी राखिएको थियो ।

पीडित बालिकाले आफ्नो कागजातमा भने २२ वर्षीया लेखेर गलत कागजात गराइ गर्भपतन गराएको हुँदा बुबा र डाक्टरविरुद्ध गर्भ संरक्षणविरुद्धको कसुर अन्तरगत र मुख्य आरोपितविरूद्ध जबरजस्ती करणी र गर्भ संरक्षणविरूद्धको कसुर अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको अनुसन्धान पश्चात ०७६ फागुन ४ गते जिल्ला सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेकोमा जिल्ला अदालतले फागुन ६ गते आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने डाक्टर र बुबालाई धरौटी माग गर्ने आदेश दिएको थियो । अमृतप्रसाद पौडेल

 

Leave a Reply