तीनबर्ष अगाडी विष्णु अधिकारीले धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश जान लागेका छोरालाई फुलमाला र टीका लगाएर विदाई गर्नुभयो । रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्तुगलको भिषा लागेकाले भारत हुदैं जाने परिवारसँग बाचा गरेको गएका छोरा दिपक अधिकारीको सम्पर्कविहीन भएपछि निराश हुनुहुन्छ ।

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी घर भई हाल चितवनमा बस्दै आउनुभएकी अधिकारीले घरबाट विदा भएपछि हालसम्म हालसम्म नर्फिएका छोराको खोजीमा भौतारिनुभएबो छ । भारत हुदैं पोर्तुगल जाने भिषा समेत रहेको दाबी गरेका दीपक बेपत्ता भएपछि अनुहार हेर्न पाउ भन्दै याचना गर्नुभएको छ । ‘छोराको एकपैसा पनि कमाई चाहिदैन्,‘मैले उसको आवाज मात्रै सुने पुग्छ’ उहाँले भन्नुभयो ।

पोर्तुगल जानका लागि विभिन्न चरणमा ७ लाख र घरबाट विदाई भएपछि बाटोमा आवश्यक पर्ने भन्दै डेढ लाख दिएको दिपककी बहिनी सुनिता अधिकारीले बताउनुभयो । ‘आमाको आँसु रोक्न सकेको छैन्,‘आसैआसमा तीनबर्ष वित्यो’ सुनिताले भन्नुभयो । विदेश जाने भन्दै घर बाट निस्किएका दीपक नेपाल वा भारतका कुनै स्थानमा रहेको आशंका परिवारको छ ।

जिउँदै छ कि छैन अहिले कसैलाई थाहा नभएपनि परिवारको सम्पर्कमा नआउने गरी कतै बसेको भन्दै सामाजिक सञ्जालमा समेत फोटोबाट पत्ता लगाउने प्रयास गरिएको जनाइएको छ । युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालको माध्यमबाट हराएको छोरालाई सम्पर्कमा ल्याउने आसमा परिवार छ । घरटोल, छिमेकीबाट विदेश गएर फर्किएकाले प्रहरी सहित विभिन्न निकायमा खोजीकार्यका लागि अधिकारी परिवारले गुहार गरेका छन् ।

Leave a Reply