दुर्गम गाउँका बासिन्दालाई आउजाउको लागि सहज बनाउन धवलागिरी-६ मराङ अस्कारे खोलामा बनेको निर्मित पुलको धवलागिरीकी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले उद्घाटन गर्नुभएको छ ।

गतबर्ष आएको बाढीपहिरोले पुल बगाएपछि गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा कुल ३० लाख ५० हजारको रुपैयाको लागतममा निर्माण सम्पन्न भएको हो । यसको लम्वाई ३२ मिटर लामो रहेको छ ।

पुल उद्घाटन गदैं गाउँपालिका अध्यक्ष पुनले विकास निर्माण सहित विभिन्न योजनामा गाउँपालिकाबाट सक्ने बजेट विनियोजन सहित प्रदेश र सघीय सरकारबाट समेत योजना ल्याएको बताउनुभयो। उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण विकास निर्माणमा ढिलाई भएपनि अहिले तिब्र गतिमा बाँकी काम भइरहेको बताउनुभयो ।

वडा अध्यक्ष राजाराम सुवेदीले स्टिल ट्रष्टले स्थानीयहरुलाई खोला वारपार गर्न सहज मात्र नभई धौलागिरी हिमालको आरोहण सहित विभिन्न गन्तव्यमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष ज्ञानु गर्बुजा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मिलन म्याग्दीका प्राविधिक यामबहादुर विश्वकर्मा, सरोकारवाला निकाय लगायतको उपस्थिती रहेको थियो ।

पुल उपभोक्ता समितिका अध्यक्ष तिज गर्बुजाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत जन विकास आधारभुत विद्यालयका शिक्षक कुमार जुग्जाली र सञ्चालन यूवा ईश्वर सुबेदीले गर्नुभएको थियो । नागरिकहरुको सहजताका लागि गाउँपालिका भित्र निर्माणधिन अवस्थामा रहेका ७ वटा झोलुङगे सहितका पुलहरु सम्पन्न भएपछि दैनिकिलाई सहज हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply